निर्माणधिन नगर अस्पतालका ठेकेदार भागेपछि स्थानिय निराश
झापाको मेचीनगर नगरपालिका १० मा निर्माणधिन नगर अस्पताल ठेकेदार भागेपछि २ बर्षदेखि अलपत्र परेको छ । नगरमै सुविधा सम्पन्न नगर अस्पतालबाट नगरवासीलाई स्वास्थ सेवा दिने उद्देश्यले निर्माण सम्झौता गरेको ठेकेदार भागेपछि स्थानिय निराश बनेका छन् । संघीय सरकारको २४ लाख लागतमा निर्माण हुन लागेको अस्पताल २ वर्षदेखि अलपत्र परेको छ । मेचीनगर नगरपालिकामा १५ बेडको सुविधा सम्पन्न अस्पताल बनेपछि सहज र सुलभ ढङ्गबाट स्वास्थ्य सेवा प्राप्त गर्ने स्थानियबासीले सपना बुनेका...