सुरुङ्गामा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा झापा गाउपालिकालाई हराउदै गौरिगञ्जले आफ्नो फाईनल सम्मको उडानमा सफल अवतरण गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबार भएको झापा गाउपालिका र गौरीगञ्ज गाउपालिका बिचको पहिलो सेमिफाईनल खेलमा झापालाई ३(१ गोल अन्तरले हराउदै गौरिगञ्ज फाईनलमा प्रबेश गरेको हो ।
खेलको पहिलो हाफमाको १५ अौं मिनटमा गौरिगञ्जका खेलाडी सनम मादेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको १५ मिनटमै गोल खाएर दवावमा रहेको झापाले पहिलो हाफकै २५ अौ मिनटमा गोल गरेको थियो । झापाको लागि किरण लिम्बूले गोल गर्दै बराबरी गरेका थिए ।
खेलको पहिलो हाफको अन्तिम समय ४० अौं मिनटमा पुनः गौरिगञ्जका खेलाडी सनम मादेनले ब्यक्ति गत साथै टिमकोलागि समेत दोस्रो गोल गर्दै झापा संग २(१ को अग्रता दिलाए ।
पहिलो हाफमा २(१ को स्कोर रहेको खेलको दोस्रो हाफको १५ अौं मिनटमा गौरिगञ्जका खेलाडी निशान्त राजवंशीले गोल गर्दै टिमलाई ३(१ गोल अन्तरले अगाडि बढाए । त्यस पछि खेलको निर्धारित समयमा दुबै तर्फ बाट थप गोल हुन नसक्दा गौरिगञ्ज बिजयी हुदै फाईनलमा प्रवेश गरेको हो ।
अब फाइलनमा गौरिगञ्जको भेट कनकाई नगरपालिका र भद्रपुर नगरपालिका बिच आईतवार हुने दोस्रो सेमिफाइनल खेलको बिजेता संग हुने छ ।
शनिबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका खेलाडी विनोद मर्डी घोषित भए । उनले मेडल सहित नगद २१ सय रुपयाँ प्राप्त गरे । उनलाई जेष्ठ नागरिक संघ कनकाई ३ का अध्यक्ष , कनकाई उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा कनकाई धाम धार्मिक विकास संस्थाका सदस्य समेत रहेका डिल्ली पाठकले नगद २१ प्रदान गरे । शनिबारको खेलको प्रमुख अतिथि झापा गाउपालिकाको कार्यवाहक अध्यक्ष अन्जु देवी थपलिया रहेकी थिइन ।
कनकाई माविको खेलकैदानमा कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोगमा “खेल मार्फत राष्ट्रविकासको अभियान” नाराका साथ माघ २५ गतेबाट सुरु भएको सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को फाईनल खेल फागुन ७ गते हुने आयोजक समितिका उपाध्यक्ष तथा खेल संयोजक भुवन खतिवडाले जानकारी दिएका छन ।
प्रतियोगितामा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले वताएका छन ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको प्रतिष्ठानको सह सचिव गिता खरेलले वताएकी छन ।