कन्काई माविको वार्षिक उत्सवमा सञ्चारकर्मी

झापाको कनकाई –३ सुरुङ्गास्थित कनकाई माविले ६७ औं स्थापना दिवस तथा ६६ औं वार्षिकोत्सवका अवसरमा कनकाई खबरका सम्पादक संचारकर्मी रामप्रसाद निरौला सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

संचारको माध्यमबाट विद्यालयको शैक्षिक उन्नयनमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै कनकाई नगरबाट प्रकाशन हुँदै आएको कनकाई खबर डटकम अनलाइन सहित कनकाई खबर साप्ताहिकका सम्पादक\प्रकाशक साथै अन्य विभिन्न संचार माध्यमको अनुभव प्राप्त पत्रकार निरौलालाई सम्मान गरेको बताइएको छ । विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहँदै नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद सदस्य समेतको जिम्मेवारीमा रहेका कनकाई ७ निवासी पत्रकार निरौला बिगत १६ वर्षदेखी संचार क्षेत्रमा क्रियाशिल छन् ।

विद्यालय परिसरमा तीन दिनसम्म विभिन्न विधाका कार्यक्रम संचालन गर्दै बिहीबारको विशेष कार्यक्रमका अवसरमा संचारकर्मी सहित विद्यालयका पुर्व प्रधानाध्यापक एवं वर्तमान कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तीलचन्द्र उप्रेती, वर्तमान सहायक प्रधानाध्यापक एवं कनकाई खबरका सल्लाहकार सम्पादक तीर्थराज खरेल समेत सम्मानित भएका हुन् ।

कार्यक्रमकै अवसरमा सेवा निवृत्त शिक्षक गंगाराम खतिवडा, शिक्षकहरु चन्द्रविनोद कोइराला, बन्दना गुरागाईं, हेमन्तीका उप्रेती, लक्ष्मीकान्त कर्ण, गोपाल तामाङ, प्राथमिक शिक्षक जीवेन्द्र घिमिरे र युञ्छोक कन्दङ्वा र कर्मचारी राजु पाठकलाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले जानकारी दिए।
त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवेन्द्रबहादुर मल्ल, नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, नगर शिक्षा समिति सदस्य नवलकिशोर दत्त, शिक्षक अभिभावक संघका अध्यक्ष खगमाया चापागाईं, सामाजिक व्यक्तित्व शेरबहादुर थापा, नेकपा एमाले कनकाई नगर अध्यक्ष गोकर्ण ओझा, विद्यालयका सल्लाहकार दुर्गाप्रसाद प्रसाईं, आदर्श विद्या मन्दिर मावि व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीले योगअभ्यासको सुर्य नमस्कार सहित डमेल प्रस्तुती साथै पिटी प्रदर्शनका साथमा स्काउटबाट सलामी अर्पण गरेका थिए । सोही अवसरमा विद्यार्थीहरुले विभिन्न जातजातीलाई समेटिएको भेषभुषा सहितको साँस्कृति प्रस्तुती, फेसन शो, नृत्य, नाटक प्रदर्शन लगायतका प्रस्तुति दिएका थिए ।

कार्यक्रमकै अवसरमा विज्ञान शिक्षक बिमला अधिकारी, नर्स ऋतु सोडारी, स्वास्थ्य शिक्षक वन्दना गुरागाईं लगायतको नेतृत्वमा पोषण तथा स्वास्थ्य प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुद्वारा विभिन्न विज्ञान प्रदर्शनी तथा खाद्य स्टलहरु समेत राखिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले स्वागत गरेका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा विद्यालयका विद्यार्थीहरुबाटै स्वस्ती वाचन गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेल शिक्षकहरु भीमप्रसाद दाहाल, हेमन्तिका उप्रेती, सङ्गीता उप्रेती, टीकाराम चिमरियाले संयुक्त रुपमा विभिन्न विधाका कार्यक्रमहरु संचालन गरेका थिए ।onlinebatasavar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array