सरस्वती मिश्र ओली इट्टाभट्टा झापा

पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस २०२५ को अवसरमा क्यान्सर विजेता भेटघाट एवं सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
क्यान्सरलाई पराजित गरेका योद्धाहरूलाई सम्मान गर्दै उनीहरूको संघर्ष र साहसको कदर गर्ने र सार्क देशमा देखिएका क्यान्सरका समस्यालाई न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले पूर्व खबरलाई बताए।
क्यान्सर सम्मेलनमा क्यान्सरलाई जितेका बिरामीहरूलाई विशेष सम्मान प्रदान गरियो भने क्यान्सर रोगलाई जितेका अनुभवीहरूका अनुभव आदानप्रदान गर्दै क्यान्सर विजेताहरूले आफ्नो उपचार यात्रा र अनुभवहरू सुनाएका थिए भने जसबाट अन्य बिरामीहरूलाई प्रेरणा मिलेको क्यान्सर रोगीहरूले बताएका छन्।

क्यान्सरबारे जनचेतना फैलाउन विभिन्न गतिविधिहरू सञ्चालन गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले जानकारी गराउनुभयो।
यस कार्यक्रमले क्यान्सर बिरामीहरू र उनीहरूका परिवारलाई मनोबल बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, समाजमा क्यान्सरबारे सकारात्मक दृष्टिकोण र सचेतना फैलाउन मद्दत पुगेको छ।

अस्पतालले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै क्यान्सर बिरामीहरूको मनोबल वृद्धि र उपचार प्रक्रियामा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। आज आइतबार समेत मेचीनगरको होटल मेची क्राउनमा बिहानदेखि नै क्यान्सर र विश्व बजारमा देखिएको रोगको समस्याका बारेमा विभिन्न विज्ञ व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गर्ने तयारी गरिएको आयोजकका डा निराजन प्रसाईले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *