तेल अविव, इजरायल – झापाली समाज इजरायलको अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनबाट मुना अधिकारी समाजको अध्यक्षमा निर्वाचित भएकी छन्। नवगठित कार्यसमितिलाई अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाले शुभकामना व्यक्त गरेका छन्।

निवर्तमान अध्यक्ष दीपक ओलीले नवनिर्वाचित अध्यक्ष मुना अधिकारीसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्। उनले झापाली समाज इजरायलको निरन्तर प्रगति र झापाली समुदायबीचको एकता मजबुत बनाउनका लागि नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

झापाली समाज इजरायलले प्रवासमा रहेका झापालीहरूबीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आगामी कार्यकालमा समाजले थप प्रभावकारी योजना अघि बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *