श्रीमद्भागवत सप्ताह एवं धनधान्याचल विराट ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा

मेचीनगर, फागुन ५ – मेचीनगर–१२ सहरेडाँगीस्थित श्री माधव संस्कृति विद्याश्रम एवं माधवेश्वर शिव पाञ्चायतन मन्दिरमा आयोजना हुन गइरहेको श्रीमद्भागवत सप्ताह एवं धनधान्याचल विराट ज्ञान महायज्ञ का लागि सम्पूर्ण तयारी पूरा भएको छ। फागुन ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने महायज्ञमा पूर्व सञ्चारकर्मी तथा धर्म-संस्कृति संरक्षणका अभियन्ता पण्डित हरिकृष्ण भण्डारी प्रमुख वाचकका रूपमा कथा वाचन गर्ने भएका छन्।

पण्डित भण्डारीको प्रथम कथा वाचन, स्थानीयवासीमा उत्साह

महायज्ञमा पूर्वविद्यार्थी हरिकृष्ण भण्डारी पहिलो पटक प्रमुख वाचकका रूपमा कथा वाचन गर्ने भएकाले स्थानीयवासीमा विशेष उत्सुकता छ। आयोजक संस्थाका अध्यक्ष तिलक गिरी का अनुसार महायज्ञलाई भव्य एवं सभ्य बनाउन सबै तयारी पूरा भइसकेको छ।

महायज्ञका मुख्य उद्देश्य

विद्याश्रमको २७औं वार्षिकोत्सव को अवसरमा आयोजना हुन लागेको महायज्ञमा पण्डित कुलशेखर खतिवडाले मूलपाठ पारायण गर्नेछन्। यस महायज्ञको मुख्य उद्देश्य आश्रमलाई उत्कृष्ट बनाउने रहेको आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *