राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिक उत्सवको अवसरमा झापाको भद्रपुरमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञ, स्थानीय अधिकारीहरू, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले पत्रकारिता क्षेत्रमा राससको योगदान, समाचारको विश्वसनीयता, प्रविधिसँगको सामञ्जस्यता तथा आगामी दिनका चुनौतीलाई कसरी अघि बढ्ने भन्ने विषयमा राष्ट्रिय समाचार समिति उत्कृष्ट भएको बताउनुभएको छ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी झापाका उपाध्यक्ष सुब्रत न्यौपाने पूर्व अध्यक्षहरू मोहन काजी , तारामणी सापकोटा, गोविन्द चन्द्र क्षेत्री, झापा शाखाका सचिव प्रदिप परियार लगायतका वक्ताहरूले राष्ट्रिय समाचार समिति ले डिजिटल युगमा समाचार समितिको भूमिकालाई अझ प्रभावकारी बनाउने उपायहरूबारे समेत विमर्श गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो।

 

कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले राससले विगत छ दशकभन्दा बढी समयदेखि मुलुकको समाचार प्रवाहमा पुर्याएको योगदानको प्रशंसा गर्दै भविष्यमा यसको सशक्तीकरण आवश्यक रहेको बताउनुभयो।

६४ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रका नवीन अवसरहरू र चुनौतीहरूबारे सचेतना अभिवृद्धि गर्दै स्थानीय तथा राष्ट्रिय स्तरमा समाचार सेवाको सुदृढीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *