भद्रपुर रोडमा इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर(आईसीसीसी) सञ्चालनमा

0
SHARES
24
VIEWS

क्यानाडा अध्ययनका लागि जाने बिद्यार्थीका लागि झापाको बिर्तामोड–४ स्थित भद्रपुर रोडमा इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर(आईसीसीसी) सञ्चालनमा आएको छ ।

यज्ञराज कडरिया, बिजया भण्डारी, दीपक दास र बसन्त टण्डन क्षेत्रीले शनिवार (आज) देखि संयुक्त रुपमा बिर्तामोडमा आईसीसीसीको शाखा सञ्चालनमा ल्याएका हुन् ।

क्यानाडा अध्ययनका लागि जाने बिद्यार्थीलाई झापामै पहिलो पटक बिर्तामोडमा आईसीसीसीको शाखा सञ्चालनमा ल्याएको काउन्सिलर दीपक दासले जानकारी दिए । उद्घाटनकै अवसरमा क्यानाडा अध्ययनका लागि २० जना बिद्यार्थी सम्पर्कमा आएको दासले बताएका छन् । उद्घाटनका अवसरमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई डकुमेन्टटेशनमा २५ प्रतिशत छुटको ब्यवस्था रहेको उनले बताए ।

बिर्तामोड शाखा प्रमुख सुधिर भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आईसीसीसीका बरिष्ठ शैक्षिक सल्लाहकार राम खड्काको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटकै अवसरमा प्रमुख अतिथि खड्काले बिद्यार्थीलाई एकदिने प्रशिक्षणसमेत दिएका छन् ।

शाखा सञ्चालक तथा काउन्सिलर दीपक दासले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा स्विट्जरल्याण्ड स्वीस कन्ट्याक्टका बिज्ञ एलेन रोवार्च, चेम्बर अफ कमर्सका प्रदेश नं. १ उपाध्यक्ष सन्तोष अग्रवाल, अखिल (क्रान्किारी) झापा अध्यक्ष रञ्जन धमला, अनेरास्वयू झापा सचिव नारायण पोखरेललगायत एकसय वढी बिद्यार्थीको सहभागीता रहेको थियो ।sabdapatrabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार