इजरायल उडे १३ नेपाली_१ हजार धेरैको उड्ने तयारी

केयरगिभरका लागि पहिलो चरणमा १३ नेपाली इजराइल प्रस्थान

काठमाडौं – केयरगिभरका रूपमा काम गर्न मंगलबार १३ जना नेपाली इजराइल प्रस्थान गरेका छन्। वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका उम्मेदवारहरूमध्ये पहिलो चरणमा उनीहरू इजराइल उडेका हुन्।

गएको असोजमा लक्की ड्रमार्फत केयरगिभरका लागि १,१५६ महिला र ९५६ पुरुष गरी कुल २,११२ जना छनोट भएका थिए। विभागको इजराइल शाखाका अनुसार हालसम्म ९१९ जना उम्मेदवारको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ।

अझै धेरै नेपाली इजराइल जाने तयारीमा
विभागका अनुसार हालसम्म दुई सयभन्दा बढी नेपालीसँग इजराइली रोजगारदातासँग सम्झौता (कन्ट्याक्ट) भइसकेको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भिसा प्राप्त भएपछि क्रमशः इजराइल पठाइनेछ।

नेपालबाट इजराइलका लागि केयरगिभर श्रमिक पठाउने प्रक्रिया लामो समयदेखि छलफलमा थियो। नेपाल र इजराइल सरकारबीच भएको समझदारीअनुसार नेपालीहरू इजराइली वृद्धाश्रम तथा स्वास्थ्य संस्थामा केयरगिभरका रूपमा काम गर्न जाँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array