सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आयोजक टोली भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ।

भद्रपुरस्थित मेची रंगशालामा आज सम्पन्न उद्घाटन खेलमा भद्रपुर ब्लेजर्सले भारतको पाहुना टोली दार्जिलिङ पुलिसलाई रोमाञ्चक भिडन्तमा ४–३ को गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो।

खेलको पहिलो हाफमै दुबै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। भद्रपुर ब्लेजर्सका खेलाडीहरूले उत्कृष्ट टिमवर्क देखाउँदै विपक्षीको डिफेन्स भत्काए भने दार्जिलिङ पुलिसले पनि सशक्त चुनौती प्रस्तुत गर्‍यो। अन्ततः रोमाञ्चक मोड लिएको खेलमा भद्रपुरले अन्तिम समयमा निर्णायक गोल गर्दै जित दर्ता गर्यो।

प्रतियोगिताको उद्घाटन खेलमै रोमाञ्चक नतिजा आएपछि दर्शकहरू निकै उत्साहित देखिए। अब भद्रपुर ब्लेजर्सले क्वार्टर फाइनलमा आफ्नो अर्को प्रतिस्पर्धी टोलीसँग भिड्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *