नेपाल पत्रकार महासंघ कोशी प्रदेशको बैठक: छ विभागलाई पूर्णता, आमसञ्चार विधेयकबारे छलफल
विराटनगर, ७ फागुन – नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो बैठकले छ वटा विभागलाई पूर्णता दिँदै प्रदेशस्तरीय गतिविधि प्रभावकारी बनाउन विभिन्न संयोजक तथा सदस्यहरूलाई जिम्मेवारी तोकेको छ। विराटनगरमा फागुन ६ गते सम्पन्न बैठकले संगठनको सुदृढीकरण, सूचना प्रविधि, महिला सशक्तिकरण, समावेशीकरण, स्वास्थ्य, आर्थिक तथा प्रकाशन क्षेत्रमा काम गर्ने गरी विभागीय टिम बनाएको हो।
नयाँ विभागीय संरचना:
महासंघकी प्रदेश महासचिव हेमा चेम्जोङ्गका अनुसार संगठन विभागको संयोजक उनी स्वयं रहेकी छन् भने धुव्र भट्टराई, अरविन्द मेहता, सुदिप कोइराला र बुद्धमाया सोडमी सदस्य तोकिएका छन्। आचारसंहिता तथा अनुगमन विभागको संयोजक कुमोद अधिकारीलाई चयन गर्दै इन्द्र गिरी, चन्द्र कार्की, राजकुमार ओली, लाक्पा जी शेर्पा, खनेन्द्र राई र अमृत विश्वकर्मालाई सदस्यमा नियुक्त गरिएको छ।
त्यस्तै, महिला विभागको संयोजक अम्बिका भण्डारी चयन भएकी छन् भने हिमाकुमारी चेम्जोङ्ग, बुद्ध सोङमी, विनु चेम्जोङ्ग र अमृत विश्वकर्मा सदस्य बनेका छन्। सूचना तथा प्रविधि विभागमा धुव्र भट्टराई संयोजक तोकिए भने पर्शुराम थापा, लाक्पा जी शेर्पा र आशिष यादव सदस्य चयन भए।
समावेशी तथा स्वास्थ्य विभागको संयोजकमा अरविन्द मेहता रहेका छन् भने लाक्पा जी शेर्पा, खनेन्द्रकुमार राई, आशिष कुमार यादव, रामधन राई, विनु चेम्जोङ्ग, बुद्धमाया सोङमी, लुकमान अन्सारी र अभिनाश निधि सदस्य छन्। आर्थिक तथा प्रकाशन विभागको संयोजक सुदिप कोइराला सदस्यहरूमा राजकुमार ओली, अविनाश कुमार निधि, बुद्धमया सोङ्गमी, किशोर विश्वकर्मा आशिष यादव। र विनु चेम्जोङ लाइ तोकिएको छ।
आमसञ्चार विधेयकबारे छलफल:
बैठकले प्रदेश सरकारद्वारा प्रदेश सभामा पेश गरिएको आमसञ्चार विधेयकको स्वागत गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान हटाइ पत्रकारमैत्री विधेयक ल्याउन माग गरेको छ। यस विषयमा छलफल तथा परामर्श गर्न अध्यक्ष भरत खडकाको नेतृत्वमा महासचिव हेमा चेम्जोङ्ग र सचिव अरविन्द मेहता सदस्य रहने समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ।
महिला पत्रकार, सूचना प्रविधि र प्रकाशनमा प्राथमिकता:
बैठकले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न खोजमूलक तालिम सञ्चालन गर्ने, व्यवसायिक पत्रकार उत्पादन गर्ने तथा सञ्चारगृहलाई उद्योगको रूपमा विकास गर्न कार्ययोजना बनाउने निर्णय गरेको छ। महासंघको सूचना तथा गतिविधिहरू सार्वजनिक गर्न वेबसाइट निर्माण गर्ने जिम्मेवारी सूचना तथा प्रविधि विभागलाई दिइएको छ। साथै, नयाँ वर्ष २०८२ को अवसरमा महासंघको गतिविधि समेटिएको क्यालेन्डर प्रकाशन गर्ने जिम्मेवारी प्रकाशन विभागलाई दिइएको छ।