बिर्तामोड – वीरता जेसीजको ४४औँ अधिवेशन तथा साधारण सभाबाट सन् २०२५ का लागि अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएको भन्दै निर्वाचन समितिले कुँवरलाई निर्विरोध विजयी घोषणा गरिएको निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए। जेसीजको विधानअनुसार ककसमा सहभागी नहुने उम्मेदवारको उम्मेद्वारी स्वतः खारेज हुने व्यवस्था छ।
कार्यकारिणी उपाध्यक्षमा प्रभात मास्के र सुमनकुमार पोद्धार निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, संयुक्त सचिवमा सुमन तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम शाह, अजय कुमार चौधरी र अजय अधिकारी चयन भएका छन्।
जनसम्पर्क अधिकारीको जिम्मेवारी अभिषेक गहतराजले सम्हाल्ने भएका छन् भने तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित भएका छन्।
जेसीजको विधानअनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था छ। त्यस्तै, निवर्तमान अध्यक्ष स्वतः बोर्ड सदस्य रहने प्रावधान छ।
यो अधिवेशनमार्फत वीरता जेसीजको नयाँ नेतृत्व चयन भएको हो, जसले आगामी कार्यकालमा संस्थालाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।