राजकुमार ओली :बिर्तामोड झापा

झापाका १८० वटा सहकारी झापा जिल्ला सहकारी सङ्घ भन्दा बाहिर रहेको पाइएको छ।

झापा जिल्ला सहकारी सङ्घ मा देखिएको डाटा अनुसार १८० वटा सहकारी जिल्ला सहकारी संघ भन्दा बाहिर रहेर काम गरिरहेको पाइएको हो।

तर ती सहकारीहरूलाई नियमन गर्ने निकाय तथा स्थानीय पालिकाहरूसम्म समेत उनीहरूको वास्तविक डाटा भेट्न गाह्रो छ।

१८० वटा सहकारीहरूको नामसम्म थाहा छ तर व्यवहार कारोबार आर्थिक गतिविधि अडिट तथा सेयर सदस्यहरूको नामावली समेत स्पष्टसँग बाहिर गएको छैन। तसर्थ ती सहकारीहरूको नियमन गर्ने लक्ष्यका साथ जिल्ला सहकारी संघको अन्तिम नामावली प्रकाशन अवरुद्ध भएको पाइएको छ।

आज आइतबार फागुन १० गते सम्ममा ३१० वटा मात्रै सहकारीहरूले जिल्ला सहकरी संघमा सहकारीहरू दर्ता गराएको पाइएको जिल्ला सहकारी सङ्घका व्यवस्थापक सन्जु देवानले पूर्व खबरलाई जानकारी दिनुभएको छ

झापा जिल्लामा सहकारीको सङ्ख्या ७ सय  भन्दा धेरै भएपनि विगतमा विभिन्न सहकारीहरू मर्ज गर्ने प्रक्रिया सुरु भएको र केही सहकारीहरु बन्द भएको कारणले करिब ६०० सहकारी झापा जिल्लामा रहेको अनुमान गरिएको छ तर जिल्ला सहकारी संघमा अघिल्लो वर्षहरूमा ४९० वटा सहकारीहरु दर्ता भएका थिए। दर्ता भएकाहरूमध्ये आज आइतबारसम्ममा ३१० वटा मात्र सहकारी ले नवीकरण गर्दै आफ्नो कारोबार, सेयर सदस्यहरूको नामावली र अडिट रिपोर्टहरूलाई सहकारी संघमा जानकारी गराएका छन् साथै उनीहरूले नवीकरण गरेका छन्।

बाँकी १ ८० वटा सहकारीहरुलाई कसरी नवीकरण गर्ने र कसरी नियमन गर्ने भन्ने विषयमा जिल्ला सहकारी संघ झापाले तयारी गरिरहेको अध्यक्ष गणेश ढकालले पूर्व खबरलाई जानकारी दिनुभयो।

नवीकरणको समस्याको कारण जिल्ला सहकारी संघको नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन फेरि अनिश्चित बनेको छ। यसअघि दुईपटक सारिएको निर्वाचन कार्यतालिका संघको सञ्चालक समितिले फागुन ९ गते फेरि स्थगन गरेको छ।

किन रोकियो निर्वाचन?

संघका व्यवस्थापक सञ्जु देवानद्वारा जारी सूचनामा फागुन ९ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका स्थगित गरिएको उल्लेख छ।
यसअघि, निर्वाचन समितिले माघ २० गते मतदाता नामावली प्रकाशन गर्ने, माघ २५ गते उम्मेदवारी दर्ता गर्ने, फागुन ३ गते मतदान गर्ने कार्यक्रम बनाएको थियो। तर, सो कार्यतालिका कार्यान्वयन हुन सकेन।

फेरि माघ २३ गते निर्वाचन समितिले फागुन ९ मा मतदाता नामावली प्रकाशन गर्ने भने पनि सो कार्य पुनः स्थगित गरिएको छ।

सदस्यता नवीकरण मुख्य कारण कि अन्य केही?

संघको स्रोतका अनुसार, ४९० वटा सहकारी संस्था र विषयगत संघहरू संघमा आबद्ध छन्।
तर हालसम्म ३१० वटा (६३%) मात्र नवीकरण भएका छन्। संघका नियमअनुसार,

तर, केही सञ्चालकहरूको दाबी अनुसार ५० भन्दा बढी संस्थाहरू निस्क्रिय रहेको भन्दै ६३% संस्थाले नवीकरण गरिसक्दा पनि निर्वाचन स्थगन गर्नु आवश्यक नरहेको तर्क गरिएको छ।

नेतृत्व विवादको कारण त होइन?

संघको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष प्रेमकुमार कोइराला, लेखा समितिका संयोजक चुडामणि ओझा, खुम बगाले तथा नारायण भट्टराई सहित रामचन्द्र उप्रेतीको समेत नाम चर्चामा छ।

र पछिल्लो समय सहकारी अभियानका अग्रज रामचन्द्र उप्रेतीले आफू जिल्ला सहकारी संघमा नजाने घोषणा गरेसँगै झापा जिल्ला सहकारी संघको अध्यक्ष को नाममा कोइराला भट्टराई ओझा र बगालेको नाम चर्चामा पाइएको हो।

को पक्षबाट वर्तमान अध्यक्ष गणेश ढकाललाई समेत पुन जिम्मेवारी सम्हाल्न दबाब आइरहेको छ। 

तर अध्यक्ष ढकाल आफूले अध्यक्ष पदमा नदोर्याउने बताइरहँदा सदस्यहरूले गणेश ढकालको विकल्प नखोज्न समेत अनुरोध गरेको पाइएकोछ ।

संघमाथि प्रश्न उठ्दै

संघको फेसबुक पेजमा निर्वाचन स्थगनको सूचना प्रकाशित भएपछि, प्रारम्भिक संस्थाका सञ्चालक तथा कर्मचारीहरूले संघको निर्णयमाथि प्रश्न उठाएका छन्

अब प्रश्न उठ्छ – निर्वाचन रोक्नुको वास्तविक कारण के हो? सदस्यता नवीकरण वा नेतृत्व विवाद?
यो विषय अझै स्पष्ट नभएकाले संघले चाँडो प्रस्ट पार्नुपर्ने मागसमेत उठ्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *