भद्रपुर, झापाभद्रपुर गोल्डकप अन्तर्गत ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड लाई पराजित गर्दै झापा ११ एफसी सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भद्रपुरस्थित मेची रंगशालामा खचाखच दर्शकबीच भएको खेलमा झापाले चर्च ब्वाइजलाई २-१ गोलअन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।

पहिलो हाफ १-१ को बराबरीमा टुंगिएको खेलमा झापाका लागि १४औं मिनेटमा एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए। चर्च ब्वाइजका गोलकिपर कृसल मोक्तान अगाडि बढेको मौकामा थापाले मैदानको मध्य भागबाट बल जाली चुमाए।

तर ४१औं मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले बराबरी गोल फर्काए। झापाका प्रदिप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरेपछि पाएको फ्रिकिकलाई एरिक विष्टले उत्कृष्ट पासमा बदल्दै धिमालले गोल गर्न सफल भए।

पेमा तामाङको निर्णायक गोल

खेलको ७९औं मिनेटमा झापाका कप्तान पेमा तामाङले निर्णायक गोल गरे। चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर गर्न नसक्दा तामाङले मौका सदुपयोग गर्दै टिमलाई २-१ को अग्रता दिलाए।

झापाले गुमाएका अवसरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *