बिर्तामोड, ११ फागुन : प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको छ।

नगर प्रमुख प्रसाईले आफ्ना दिवंगत श्रीमान् ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई उक्त सहयोग प्रदान गर्नुभएको हो। आज बिर्तामोडस्थित आफ्नै निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गर्नुभएको छ।

उक्त सहयोग रकम पत्रकार उपचार सहयोग कोषका संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई हस्तान्तरण गरिएको थियो।

प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा माघ २२ गते दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानु प्रसाईको स्मृतिमा सहयोग रकम घोषणा गर्नुभएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *