मदरसा तालिमुल कुरान आधारभुत विद्यालयले धर्ममा क्रान्ति गर्दै महिला मैत्री विद्यालय सञ्चालनमा ल्याएको छ ।
सामाजिक एकता कायम गर्दै धार्मिक विद्यालय भएतापनि मुस्लिम अलावा अन्य समूदायका १ सय ५४ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
मदरसा तालिमुल कुरान आधारभुत विद्यालय २०६४ साल असार २६ गते तत्कालिन जिल्ला शिक्षा कार्यलय भद्रपुरबाट प्राथमिक विद्यालयका रुपमा साविक अनारमनी गा.वि.स वडा नम्वर ९मा संञ्चालनका लागि अनुमति पाएको थियो ।
शैक्षिक सत्र २०७९ देखि आधारभुत तहको कक्षा ६ सञ्चालनमा ल्याइएको विद्यालयमा जम्मा १४ जना कर्मचारी रहेका छन् । जसमा ६ जना मुस्लिम समुदायबाट र ६ जना अन्य समुदायबाट रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफ्रोज खानले बताउनु भयो ।
उहाँले निर्माणधिन विद्यालय प्रगति विवरण प्रस्तुत गर्दै दाता सहयोगीहरुको जानकारी दिनुभएको थियो । उहाँका अनुसार हाल सम्म ८१ जना दाताबाट ४२ लाख ४३ हजार ८ सय ३५ रकम संकलन भएको बताउनुभयो । उहाँले सोही रकमबाट ४ कठ्ठा ५ धुर मध्ये १ कठ्ठा ११ धुर माटो खरिद गर्न सफल भएको बताउनु भयो ।
हाल २०८०–८१को आर्थिक बजेटबाट कोशी प्रदेश सरकारको सहयोगमा भवन निर्माण भईरहेको छ । विभिन्न धर्म समूदायका शिक्षिकाहरुलाई विद्यालयमा रोजगार दिएर विद्यालयले समावेशी एकताको उदाहरण प्रस्तुत गरेको छ ।
विद्यालय सञ्चालन गर्नका लागि बार्षिक २६ लाख ५५ हजार ६ सय खर्च हुने गरेको बताउदै अध्यक्ष खानले निकट भविष्यमै मुस्लिम लगायत झापाका आदिबासीहरुका लागि छात्रबासको व्यवस्थापन गन, मदरसाको लक्ष्यअनुसार ४ कठठ जग्गा खरिद गर्ने, १२ कक्षा सम्म कक्षा सञ्चालन गर्ने लगायतको भावी योजनाहरु रहेको बताउनु भयो ।
आयोजित पत्रकार सम्मेलनमा उहाँले विद्यालयको जग्गा पास गर्न ७० लाख पैसा आवश्यक भएकाले सम्पूर्ण देश विदेशमा रहनुभएका सहयोगी मनहरुलाई सहयोगका निम्ति अपिल समेत गर्नु भएको छ । यदी कसैले सहयोग गर्न चाहेमा एन आइसी एसिया खाता नम्वर २४६४१५०१०८८४२००२ मा जम्मा गरिदिन हार्दिक अनुरोध समेत गर्नु भएको छ ।
बिद्यालय व्यवस्थापनका अध्यक्ष अफ्रोज खानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुमले गर्नु भएको थियो । बिर्तामोड वडा नम्वर ३
का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा वडा नम्वर ३ का वडा सदस्य हरी बाँस्कोटा, विद्यालयका सल्लाहकार मुन्न अन्सारी , विद्यालयका शिक्षिकाहरुको उपस्थिीति रहेको थियो ।
हाल विद्यालय सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले शिक्षण सुधार कार्यक्रम अन्र्तगत ७ लाख आर्थिक सहयोग गर्दै आएको छ ।
त्यस्तै संघिय सरकारबाट ८ लाख र अभिभावकबाट ६ लाख रकम प्राप्त हुने गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । Onlinebarbata