—
बिरता जेसिजको ४४औँ शाखा अधिवेशन सम्पन्न, पोद्दार र मास्के कार्यकारिणी उपाध्यक्षमा निर्वाचित
विराटनगर – बिरता जेसिजको ४४औँ शाखा अधिवेशनबाट सुमन पोद्दार र प्रभात मास्के कार्यकारिणी उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। युवाहरूबीच अत्यन्तै लोकप्रिय मानिएका यी दुवै नेताहरूले आगामी कार्यकालमा संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। विगतमा केही समय अवरोध भएको समिति को निर्वाचन मा गत हप्ता अध्यक्ष पदमा युवराज कुँवर लाई निर्वाचन समितिले निर्वाचित भएको घोषणा गरेको थियो।
जेसिज एक अन्तर्राष्ट्रिय युवा संस्था हो, जसले नेतृत्व विकास, सामाजिक सेवा, र व्यवसायिक सञ्जाल विस्तारमा काम गर्छ। यस अधिवेशनले संस्थाको भावी नीति तथा योजनाबारे पनि छलफल गरेको थियो।
सर्वसम्मत नेतृत्व चयन
बिरता जेसिजका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षहरू सुमन पोद्दार र प्रभात मास्के ले संस्थाको उद्देश्य अनुसार युवा नेतृत्व विकास, सामाजिक सेवाका कार्यक्रम, तथा नवप्रवर्तन (इनोभेसन) प्रवर्द्धन गर्न विशेष ध्यान दिने बताएका छन्।
नयाँ नेतृत्वप्रति शुभकामना
बिरता जेसिजका विभिन्न पदाधिकारी, सदस्यहरू तथा स्थानीय समाजसेवीहरूले नव-निर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।