बिर्तामोड झापा।
राष्ट्रिय स्वतन्त्र पार्टी का झापा अध्यक्ष उमेश खरेल माथि लागेको आर्थिक चलखेल र अन्य आरोप को खण्डन गरिएको छ।
झापा अध्यक्ष खरेल माथि विभिन्न निकायमा आर्थिक चलखे ल भएको र खरेलको चरित्रमाथि समेत प्रश्न उठेको समयमा उनीमाथि लागेको आरोप को विषयमा खण्डन आएको हो।
हालै झापामा निर्माण हुँदै गरेको संगठनका सन्दर्भमा आर्थिक विषयमा मतभेद छ। पार्टीका एक वरिष्ठ नेताले झापा सभापति उमेश खरेलको हिजोका आर्थिक कुरालाई अहिले उठाएर कारबाहीको विषय बनाउनु अर्थहीन भएको तर्क प्रकट गरेका छन्।

खरेलका अनुसार, होटल खर्चको मामिलामा आरोपहरू अत्यधिक रूपमा प्रस्तुत गरिएका छन्। उनले स्पष्ट रूपमा भने,
“हलले जति पैसा लिएको हो, मैले त्यति नै पैसा दिएको हो। यिनीहरूले मलाई ५–१० हजार खर्चको आरोप लगाउँछन्। मैले लाखौँ खर्च गरेको हिसाब गर्दैनन्। यो ५–७ हजारको कुराले मैले के गर्नु छ र?”
उनका यो भनाइ अनुसार, चुनावको बेला उठाइएको पैसा उचित रूपमा खर्च गरिएको हो र त्यसको अभिलेखले सबै कुराको प्रमाण प्रस्तुत गर्छ।

खरेलले पार्टीमा आफ्नो भूमिकालाई स्वार्थरहित सेवा र संगठन निर्माणको एक अभिन्न अंगको रूपमा देखाएका छन्। उनी भन्छन्,
“म स्वार्थरहित ढंगले पार्टीमा लागेको हो। न कुनै सांसद हुने रहर बोकेँ, न अरू नै केही गरेँ। सधैँ अरूलाई नै नेता बनाउँदै हिँडेँ। मैले सोझो हिसाबले सोचेँ। चुनावको बेला पैसा उठ्यो, पैसा उठाएर मैले गोजीमा हालेको हैन। खर्च भएको छ।”

उहाँका अनुसार, झापामा संगठन भर्खरै बनेको अवस्थामा र संगठनमा मान्छेहरू कम हुँदा विगतका आर्थिक कुराहरूलाई अहिले उठाउनु युक्तिसंगत छैन। यसरी खरेलले संगठनका सुरुवाती चुनौतीहरू र आर्थिक व्यवस्थापनलाई ध्यानमा राख्दै, आर्थिक मामिलामा असामान्य आरोपहरूलाई अस्वीकृत गरेका छन्।

यस विवादका बिबिध पक्षहरूलाई ध्यानमा राख्दै, पार्टीका अन्य नेताहरू र सम्बद्ध पक्षबाट थप स्पष्टीकरणका लागि प्रतिक्रिया आउने अपेक्षा गरिएको छ। यस विषयमा आगामी दिनहरूमा थप विवरण र तथ्यांकका आधारमा विषयवस्तु स्पष्ट हुने देखिन्छ।

अध्यक्ष खरेलको विषयमा झापा जिल्लामा समेत विभिन्न कोणबाट अध्ययन भइरहेको र जिल्ला शाखाले समेत आफ्नो धारणा केन्द्रीय कमिटीमा पठाएको उपसभापति प्रकाश पाठकले पूर्व खबरलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *