इलाम – नेपाल अलैंची व्यवसायी महासंघले सहकारी मन्त्रालयको सहजीकरणमा ९ वटा जिल्लामा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरेको छ।
कार्यक्रमको उद्देश्य कृषकलाई गुणस्तरीय उत्पादन, टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन तथा बजारीकरणका सन्दर्भमा जानकारी प्रदान गर्नु रहेको महासंघका कार्यालय अधिकृत अनिल ढुंगानाले जानकारी दिनुभयो।

यसै क्रममा इलामको सलकपुरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अलैंची व्यवसायी पपु मितल, निलु ट्रेड कन्शनका प्रोपाइटर निलकुमार पोदार, स्थानीय अलैंची कृषकहरू तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको महासचिव नारायण चिमरियाले पूर्व खबरलाई बताए।

कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायण प्रसाद चिमोरियाले गर्नुभएको थियो। महासंघका पदाधिकारीहरूले अलैंची उत्पादन तथा बजारीकरणमा सुधार ल्याउन सरकारले उचित नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *