मेची बोर्डरबाट समेत ट्राफिकको टिभिआरएस सेवा सुरु

राजकुमार ओली

बिर्तामोड: ( रासस )

ट्राफिक प्रहरी पोस्ट काकरभिट्टाले टिभिआरएस प्रणाली सेवा सुरु गरेको छ।

ट्राफिक प्रहरी कार्यालय झापाले नेपालको पूर्वी बोर्डर काकरभिटामा समेत ट्राफिक भाइलेसन रेकर्डिङ सिस्टम (tvrs) सेवा सुरु गरेको हो।

काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण गौतमले, फागुन १५ गतेबाट आफ्नो क्षेत्रमा सेवा सुरु गरेको र आजको दिनबाट जरिमानाका विषयमा नगद कारोबार जरिवाना विधि लाई बन्द गरी बैंकिङ सेवाबाट जरिवाना सिस्टम सुरु भएको जानकारी दिनुभएको छ ।

यो सिस्टमले सवारी नियम कानुन मिच्ने सबै साधनलाई आजका मितिबाट बैंकिङ प्रक्रियाबाट सेवा दिन सुरु गरिएको र नागरिकको सेवालाई सुस्त र दुरुस्त राख्न पनि यो प्रणाली झापाको मेचीनगरमा समेत सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।

झापा जिल्लामा ट्राफिक प्रहरी कार्यालयले गत २हजार ८० सालको साउन १ गतेबाट बिर्तामोड र दमकमा ट्राफिक भायलेसन रेकर्डिङ सिस्टम (TVRS) सेवा सुरु गरेको थियो।

यो प्रणालीले सवारी साधनहरूको ट्राफिक नियम उल्लङ्घनलाई स्वचालित रूपमा पहिचान र रेकर्ड गर्छ, जसले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँछ। झापाको बिर्तामोड दमक साथै चन्द्रगढी भद्रपुरमा समेत यो सेवा सुरु गरेको र आज फागुन १५ गतेबाट पूर्वी नाका काकरभिट्टाबाट समेत नागरिकको सुविधाका लागि यो सिस्टम सुरु गरिएको जानकारी दिनुभएको छ।

TVRS प्रणालीले सवारी साधनहरूको गति, लेन परिवर्तन, ट्राफिक संकेत उल्लङ्घन जस्ता क्रियाकलापहरूलाई निगरानी गर्छ र उल्लङ्घन भएमा तुरुन्तै रेकर्ड गर्छ। यसले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ।

यस प्रणालीको कार्यान्वयनसँगै, झापा ट्राफिक प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियमहरूको पालना गर्न र सुरक्षित ड्राइभिङ अभ्यासहरू अपनाउन आग्रह गरेको छ। साथै, उल्लङ्घन गर्नेहरूलाई कानूनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी पनि दिइएको छ।

TVRS सेवाको शुभारम्भले झापा जिल्लामा ट्राफिक व्यवस्थापनमा नयाँ युगको सुरुवात गरेको छ, जसले सवारी साधनहरूको चापलाई नियन्त्रण गर्न र सडक सुरक्षामा सुधार गर्न मद्दत गर्नेछ।

यो सेवा सुरु भएसँगै सरकारलाई नागरिकता तिरेको कर को रेकर्ड तुरुन्तै दाखिला हुने र सरकारलाई समेत सहज हुने देखिएको छ।

तर मेचीनगरको पूर्वी नाका काँकरभिट्टामा तेस्रो मुलुक तथा भारतीय गाडीहरू चालकहरूले यी सेवा र बैंकको लागि कारोबार गर्नको लागि आफूहरू अनभिज्ञ भएको र आफूहरूसँग यी सेवा र अनलाइन सिस्टम को बारेमा जानकारी नहुँदा आफूलाई समस्या हुने गरेको बताएका छन्।

ट्राफिक प्रहरी कार्यालय झापाले अबको आउने दिनमा झापाका दुर्गम क्षेत्र गौरीगञ्ज ,कन्काई सुरुङ्गा, बुद्धशान्ति, अर्जुनधारा मा समेत सेवालाई विस्तार गर्ने तयारी गरिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array