काठमाडौँ, २८ फाल्गुन – प्रेस चौतारी नेपाल सार्वजनिक सेवा प्रसारण नेपाल प्रतिष्ठान शाखाले आफ्नो प्रथम अधिवेशनमार्फत बेन्जु सुवेदीलाई अध्यक्षमा चयन गरेको छ। सुवेदी हाल सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल) मा कार्यरत हुनुहुन्छ।
अधिवेशनले १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। जसमा उपाध्यक्षमा अनन्त चालिसे र दुर्गा अधिकारी, सचिवमा सुशील अधिकारी, सहसचिवमा कौशल घिमिरे र कुशल अर्याल तथा कोषाध्यक्षमा बसन्ता भुसाल चयन भएका छन्।
सदस्यहरूमा तारा खतिवडा, सम्झना पौडेल, अनिल हुमागाईँ, सुमन कुमार श्रेष्ठ, ज्योति काफ्ले, र सितु मानन्धर चयन भएका छन्।
केन्द्रीय प्रतिनिधि सदस्यमा रामबाबु अधिकारी, दिपक समिर, र नरेन्द्र विष्ट रहेका छन् भने प्रतिष्ठान प्रदेश प्रतिनिधिमा अर्जुन सापकोटा, मन्जिल घिमिरे, परमानन्द राय, र महेश निरौला चयन भएका छन्।
सन्तुलित र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता
कार्यक्रमको उद्घाटनमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अहिलेको समय सन्दर्भमा सत्य र सन्तुलित सूचना सम्प्रेषणको महत्वलाई जोड दिनुभयो। उहाँले गलत र भ्रामक सूचना प्रवाहको चुनौतीबीच नागरिकलाई तथ्यमा आधारित सूचनाबाट सुसूचित गराउन सार्वजनिक सेवा प्रसारणको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र खत्रीले श्रमजीवी पत्रकारहरूको हक हितमा संस्थाहरू एकताबद्ध भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल टेलिभिजनका निमित्त नायव महाप्रबन्धक चिन्तामणि बरालले प्रेस चौतारी नेपालको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
एकताको ऐतिहासिक कदम
प्रेस चौतारी नेपालका संस्थापक सचिव प्रमोदकुमार सिंहले प्रेस चौतारी नेपाल टेलिभिजन र रेडियो नेपाल शाखा एकीकृत भई साझा उद्देश्यका साथ अघि बढ्नु सकारात्मक र ऐतिहासिक कदम भएको बताउनुभयो। उहाँले श्रमजीवी पत्रकारहरूको हकहित र वृत्तिविकासमा संस्था निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो।