मुक्तिचोकमा अन्डरग्राउन्ड सार्वजनिक शौचालय कति आवश्यक ?

राजकुमार ओली।

बिर्तामोड, झापा — बिर्तामोड नगरपालिकामा सार्वजनिक शौचालयको अभाव र ट्राफिक कन्ट्रोल रूम र प्रशासनिक सुविधाको कमीलाइ मध्यनजर गर्दै मुक्तिचोकस्थित प्रयोगविहिन कार्यालय क्षेत्रलाई बहुउपयोगी बनाउन प्रस्ताव गरिएको छ।

हाल बिर्तामोडको मुख्य चोकमा रहेको यो कार्यालय भवन ८० प्रतिशत प्रयोगविहिन अवस्थामा रहेको छ। साथै, यो क्षेत्र एसियन हाइवेको विस्तारका कारण भत्किने सम्भावना रहेको छ। त्यसैले बाँकी रहेको जमिनमा बहुउद्देश्यीय संरचना निर्माण गर्न प्रस्ताव गरिएको हो।

नयाँ संरचना निर्माणको प्रस्ताव

प्रस्तावअनुसार, बाँकी जमिनमा अन्डरग्राउन्ड सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाउन सकिन्छ। बिर्तामोड नगरपालिकामा हालसम्म कुनै पनि सार्वजनिक शौचालय नहुँदा स्थानीय नागरिक र बजारमा आएका आगन्तुकहरूलाई निकै असुविधा भइरहेको छ।

साथै, भुइँतलामा बिर्तामोड नगर प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको उच्च स्तरको सुविधा सम्पन्न अफिस स्थापना गर्ने योजना को डिपिआर गर्न सके भवनसमेत सदुपयोग हुने जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका सहज नभएका महत्वपूर्ण कामहरू यही बनेको अत्याधुनिक भवनबाट गर्न सकिन्छ।
सेवाग्राहीहरूलाई सहज पहुँचले नगरमा ट्राफिक व्यवस्थापन र सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।

त्यस्तै, माथिल्ला तलाहरूमा कन्ट्रोल रूम निर्माण गर्ने योजना रहेको छ। कन्ट्रोल रूममार्फत नगरको समग्र सुरक्षा, निगरानी र आपतकालीन अवस्थाहरूमा तिव्र प्रतिक्रिया दिन सहज हुने विश्वास गरिएको छ।

आवश्यकता र लाभ

सार्वजनिक शौचालय: बजार क्षेत्रमा दैनिक रुपमा सयौं मानिसहरू आवतजावत गर्ने हुँदा सार्वजनिक शौचालयको अत्यावश्यकता छ।

प्रशासनिक कार्यालय: प्रहरी र ट्राफिक कार्यालयले नगरको सुरक्षालाई मजबुत बनाउनेछ।

कन्ट्रोल रूम: नगर निगरानी र आपतकालीन सेवा प्रबंधनमा सहायता पुर्याउनेछ।

यस प्रस्तावले नगरपालिकाको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। प्रस्तावमाथि छलफल र निर्णयका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ।
हाल यो भवनका भुइतला प्रयोगविहीन छन् भने माथिको एउटा कोठा ट्राफिक कार्यालय प्रमुखको आवासको रुपमा प्रयोग गरिएको छ।
एसियन हाइवे विस्तार र बिर्तामोडको मुक्तिचोकमा बन्न लागेको फ्लाई ओभर ओभरपास निर्माणमा समेत यो भवनमा समस्या उत्पन्न देखिने भएको र भवन पुरानो र जीर्ण बन्दै गएकोले भवनको व्यवस्थापन गर्न अति आवश्यक छ।
तर पछिल्लो समय बिर्तामोड नगरपालिका का मेन बजारमा शौचालयको समस्या भइरहेको अवस्थामा सघन सहरी कार्यालयबाट नेपालका सभामुख देवराज घिमिरेको पहलमा १ करोड निकासा भई रुपैयाँ आइसकेको तर जमिन अभावमा यो पैसा फिर्ता हुने चिन्ता बढेको समयमा यो भवनलाई सदुपयोग गर्दै अन्डरग्राउन्ड शौचालय बनाउँदै माथिका तलाहरूमा ट्राफिक र नगर प्रहरी एवं इलाका प्रहरी कार्यालय को सेवा दिने गरी भवन निर्माण व्यवस्थापन गर्न सकिन्छ
हाल करिब ६५ फिट लम्बाई र ४० फिट चौडाइरहेको यो भवन निकै अस्तव्यस्त र प्रयोगविहीन भएको छ भने सडक निर्माणसँगै यो भवन को भौतिक संरचना अझ प्रयोग दिनुहुने देखिएको छ।
सार्वजनिक शौचालय निर्माणको निम्ति जमिन खोजी तीव्र पारिए पनि हालसम्म कतै पनि जग्गा को टुङ्गो नलागेको कार्यवाहक नगर प्रमुख नगेन्द्र कुमार संग्रौलाले पूर्व खबरलाई बताउनुभयो।
राजमार्गसँगै नजिकमा रहेको रिभरसाइट युथ फाउन्डेसनको करिब ३० टु जग्गा मा पनि शौचालय बनाउन पहल गरिएको छ। तर बिर्तामोडको पश्चिम बस स्टेनबाट २०० मिटर दक्षिण भएको यो जमिन मुख्य चोकका नागरिकको निम्ति असुविधा र अपायक हुने बिर्तामोड नगरपालिकाले बताएको छ।
नगरपालिकाले र नगरवासीले आएको रुपैयाँलाई सदुपयोग गर्दै ट्राफिक कार्यालयको यो जीर्ण अवस्थाको भवनलाई सदुपयोग गर्न सके सबै कुराबाट उपयुक्त निकास निस्कने देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array