शिक्षाविद् प्रोफेसर पशुपति मिश्रको ६७ वर्षको उमेरमा निधन भएको छ।
. आठराई का केदारनाथ मिश्र र हुमा मिश्रल
का छोरा पशुपति, हाल विराटनगर महानगरपालिका वडा नम्बर ११ (पञ्चमुखी चोक) रामशाह पथमा बसोबास गर्दै आएकामा फागुन २९ गते साँझ ७:३७ बजे निधन भएको परिवारका खेम मिश्रले जानकारी दिनुभएको हो।

मृतक मिश्रको मलामी यात्रा बिहान ९ बजे विराटनगरबाट सुरु हुने जानकारी गराइएको छ। अन्त्येष्टि झापा कनकाई माइको पश्चिम घाटमा दिउँसो १२ बजे गरिनेछ।

शोकसन्तप्त परिवारमा उनकी धर्मपत्नी डाक्टर इन्दिरा आचार्य मिश्र, छोरा डाक्टर विवेक मिश्र, छोरी डाक्टर उपमा मिश्र तथा ज्वाइँ डाक्टर अशिम छन्। समस्त मिश्र परिवार शोकमा मा रहेको र नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि लगानी गरेका मिश्रको निधनले सिंगो परिवार स्तब्ध भएको छ।

मृत आत्माको चिरशान्तिको कामना गर्दै, समस्त मित्र, आफन्त र इष्टमित्रलाई मलामीमा सहभागी हुन परिवारले अनुरोध गरेको छ।
झापाको शिव सतासी १० माइधारका स्थायी बासिन्दा कामको सिलसिलामा विराटनगर बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *