होटल रत्नाको क्यासिनोभित्र नेपाली खेलाडी_अभिषेक गिरी घाइते:

विराटनगर, मोरङ – विराटनगरस्थित रत्ना होटलको सम्राट क्यासिनोमा आइतबार राति दुई ‘गुण्डा’ समूहबीच झडप भएको छ। घटनामा अपराधिक पृष्ठभूमिका ‘गुण्डानाइके’ अभिषेक गिरी कुटिएका छन्।

प्रहरी स्रोतका अनुसार राति १२ बजे क्यासिनो परिसरमा रोनाल कँडेल र किरण लामा समूह तथा अभिषेक गिरी समूह बीच कुटाकुट भएको हो। झडपमा कँडेल समूहले गमलाले प्रहार गर्दा गिरीको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन्।

घटना कसरी भयो?

प्रहरीका अनुसार गिरी उक्त क्यासिनो भित्रै थिए। त्यही बेला कँडेल र लामा क्यासिनो प्रवेश गर्न खोज्दा बाउन्सरहरूले रोके। बिगतमा पटक–पटक क्यासिनोमा झगडा गरेको कारण उनीहरूलाई प्रवेश निषेध गरिएको थियो।

त्यसै क्रममा अभिषेक गिरीका भतिज निकेश गिरी क्यासिनो प्रवेश गर्न खोज्दा बाउन्सरले उनलाई अनुमति दिए। तर, कँडेल र लामाले उनलाई रोक्ने प्रयास गरेपछि स्थिति तनाबग्रस्त बन्यो।

निकेशमाथि हातपात भएको देखेर अभिषेक गिरी बाहिर आए र विवाद बढ्दै गएर झडपमा परिणत भयो।

प्रहरी अनुसन्धान जारी, जाहेरी दर्ता

घटनाको जानकारी पाएर मोरङ प्रहरीले अनुसन्धान थालेको छ। तर, प्रहरी पुग्नुअघि नै दुबै समूह भागिसकेको थियो।

निकेश गिरीले कँडेल र लामाविरुद्ध कुटपिटको जाहेरी दर्ता गराएका छन्। प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशी का अनुसार घटनामा संलग्नको खोजी कार्य भइरहेको छ।

‘गुण्डा नाइके’ को अपराधीक इतिहास

रोनाल कँडेल र अभिषेक गिरी दुबैको अपराधिक पृष्ठभूमि रहेको प्रहरी स्रोत बताउँछ।

रोनाल कँडेल – ७ पटक पक्राउ परिसकेका छन्। सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, ठगी र अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनी संलग्न रहेको प्रहरी रेकर्ड छ।

अभिषेक गिरी – अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी २०७९ चैतमा छुटेका थिए। उनले गिरी फाउन्डेसन खोलेर सामाजिक छवि निर्माण गर्ने प्रयास गरे पनि व्यवसायीहरूलाई धम्क्याउने, मिटरब्याज, ठेक्कापट्टा र असुली धन्दामा संलग्न रहेको आरोप उनीमाथि छ।

निष्कर्ष

विराटनगरको क्यासिनोमा भएको झडपले स्थानीय अपराधिक गिरोहहरूबीचको तनाव पुनः सतहमा ल्याएको छ। कँडेल र गिरी दुवैको अपराधिक गतिविधि र राजनीतिक सरोकारले यस घटनालाई थप संवेदनशील बनाएको छ।

प्रहरीले निष्पक्ष अनुसन्धान गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array