दमक झापा
आस्था कलेज अफ मेनेजमेन्ट कलेज सँग कुमारी बैंक लिमिटेड दमक शाखाद्धारा सहकार्य गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
Global Menoy Week-2025, को अवसरमा, कुमारी बैंक लिमिटेड कोशी प्रदेश स्थित दमक शाखाले आस्था कलेज अफ म्यानेजमेन्ट सँग सहकार्य गर्दै वित्तिय तथा डिजिटल साक्षरता कार्यक्रम मिति २०८१ चैत्र ०७ मा आयोजना गर्यो ।”Think Before You Follow, Wise Money Tomorrow” भन्ने नारा सहित सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कुमारी बैंक लिमिटेड दमक शाखा प्रबन्धक युवराज दाहालले गर्नु भएको थियो भने उक्त शाखामा कार्यरत आशिष खनाल, आश्मिना दाहाल लगायतले अन्य बैंकिङ्ग विषयमा प्रष्ट्याउनु भएको थियो ।
आस्था कलेज अफ मेनेजमेन्टको आफ्नै सभाहलमा करिब ७० जना BBS तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु माझ Financial Literacytyf Global Money Week-2025 लगायत बृहत विषयमा कुमारी बैंक लिमिटेड कोशी प्रदेश प्रमुख मनिष श्रेष्ठले व्यावहारिक उदाहरणहरु मार्फत वित्तिय सचेतना बढाउने विभिन्न उपायहरु प्रस्तुत गर्नुभयो । प्रदेश प्रमुख श्रेष्ठले वित्तिय साक्षरता सबैमा हुनुपर्ने कुरामा जोड दिँदै वित्तिय साक्षरता नै राष्ट्रिय आर्थिक विकासको आधार हो, यसले व्यक्तिगत आर्थिक स्थिरताका साथै देशको माईक्रो ईकोनोमीमा पनि ठुलो प्रभाव पार्ने कुराको जानकारी गराउनुभयो ।
वित्तिय साक्षरताले व्यक्तिगत जिवनदेखी राष्ट्रिय अर्थतन्त्रसम्म महत्वपुर्ण प्रभाव पार्ने भएकाले यस प्रकारका तालिमहरु अपरिहार्य छन् । वित्तिय रुपले जानकार नागरिकहरुले समुन्नत अर्थतन्त्रको विकास गर्न भुमिका खेल्न सक्ने भएकाले यस्ता कार्यक्रमहरुले दिर्घकालिन लाभ पुर्याउने विश्वास गरिन्छ । राष्ट्रिय स्तरमा, वित्तिय साक्षरताले देशको आर्थिक विकासमा ठुलो योगदान दिन्छ । जब नागरिकहरु बचत र लगानी गर्न थाल्छन्, तब देशको पुँजी निर्माण हुन्छ । यसले बैंकिङ्ग प्रणालीमा पनि सकारात्मक प्रभाव पार्छ। किनभनेबचत बढ्ने बित्तिकै बैंकहरुले यो पुँजी लगानीका लागि उपयोग गर्न सक्छन् । यसले आर्थिक वृद्धि र रोजगारी सृजनामा मद्धत गर्दछ ।
उक्त कार्यक्रमको विषयमा आस्था कलेज अफ मेनेजमेन्टका प्राचार्य टेकनाथ भण्डारी तथा सहभागी विद्यार्थीहरुलेअत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिनुभयो र यस किसिमका वित्तिय साक्षरताका कार्यक्रमहरु भविष्यमा पनि निरन्तर सञ्चालन गरिने आयोजक कुमारी बैंक लिमिटेड दमक शाखा प्रबन्धकले बताउनु भएको छ ।