बिर्तामोड, ७ चैत्र: पूर्व खबर

झापा, गोल्धापस्थित ओमकारेश्वर वैदिक विद्यापीठ गायत्रीस्वरूप आश्रममा बिहिबार शिक्षाविद् प्रा. डा. देवी नेपाललाई सम्मान गरिएको छ।
संस्थाले प्राडा. नेपाललाई सम्मान गरेको छ भने सल्लाहकारमा नियुक्ति गर्दै सल्लाहकारको प्रमाणपत्र प्रदान गरेको हो
विद्यापीठको निरन्तर उन्नति र वैदिक शिक्षा प्रवर्द्धनका लागि नेपालको योगदान लाई मूल्याङ्कन गर्दै सम्मान गरेको आयोजकका धर्म शिवाकोटी ले बताए ।

निरीक्षणका क्रममा प्रा. डा. नेपालले विद्यालयका वटुकहरूसँग शैक्षिक विमर्श गर्दै उनीहरूलाई ज्ञान, नैतिकता, र संस्कृत अध्ययनको महत्वबारे जानकारी गराउनु भएको छ ।

प्राडा नेपाल हल्दीबारी एक गोलधापमा जन्मिएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान समेत प्राज्ञ भएर सेवा गर्नुभएको नेपालकै उत्कृष्ट लेखक र सफल साहित्यकार को रूपमा परिचित हुनुहुन्छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शिवाकोटी र प्राचार्य खिवराज न्यौपाने विशेष रूपमा उपस्थित थिए। उहाँहरूले प्रा. डा. नेपालको आगमनलाई विद्यालयका लागि प्रेरणादायी क्षण भएको बताउँदै वैदिक शिक्षालाई अझ मजबुत बनाउने संकल्प व्यक्त गरे।

वैदिक शिक्षाको जगेर्ना गर्दै परम्परागत ज्ञानलाई आधुनिक शिक्षासँग जोड्नुपर्ने धारणा राख्दै प्रा. डा. नेपालले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस प्रकारका सम्मान तथा अन्तरक्रियाले वैदिक शिक्षालाई आधुनिक समयमा अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *