सुखानी सहिद स्मृति प्रतिष्ठानको २०औं साधारणसभा सम्पन्न

काठमाडौं, चैत – सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको २०औं साधारण सभा राजधानी काठमाडौंको अनामनगरमा सम्पन्न भएको छ। प्रतिष्ठानका सदस्यहरूको उपस्थितिमा सम्पन्न सभामा विभिन्न महत्वपूर्ण निर्णयहरू गरिनुका साथै राज्यका विभिन्न जिम्मेवारीमा नियुक्त प्रतिष्ठानका सदस्यहरूलाई सम्मान तथा बधाई अर्पण गरिएको थियो।

साधारण सभामा प्रतिष्ठानका सदस्य तथा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई विशेष सम्मान प्रदान गरियो। त्यस्तै, महासचिव हर्कराज राई संघीय संसद सचिवालयको सचिवमा नियुक्त हुनुभएकोमा तथा कार्यवाहक महासचिव अर्जुनकुमार भट्टराई गैर सरकारी संस्था महासङ्घको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभएकोमा पनि प्रतिष्ठानद्वारा बधाई तथा सम्मान अर्पण गरियो। उनीहरूलाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूले सुखानी शहीदहरूको योगदानको स्मरण गर्दै प्रतिष्ठानको आगामी योजनाहरूबारे छलफल गरेका थिए। प्रतिष्ठानले शहीदहरूको बलिदानको सम्मान गर्दै सामाजिक र राष्ट्रिय उत्थानका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

साधारण सभामा प्रतिष्ठानका पदाधिकारीहरू, आम सदस्यहरू तथा विशेष अतिथिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array