राजकुमार ओली, २३ चैत:
झापाको मेचीनगर-७ स्थित राधाकृष्ण इण्डष्ट्रिजबाट उत्पादित उज्यालो ब्राण्डको चामल सरकारी प्रयोगशालाको परीक्षणमा खान योग्य प्रमाणित भएको व्यवसायीको दाबी छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले चामलको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गराउँदा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरूप सुरक्षित भएको निष्कर्ष निकालेको जानकारी गएको हो।
स्थानीयवासीहरू भने चामलमा मिसावट र गुणस्तरीय धान प्रयोग गर्ने गरिएको र व्यव्यवसायीको नियतमा आशंका रहेको बताउँछन्। व्यवसायीहरूले हिजो गल्ती गरेको भए सच्याइनुपर्ने र भोलिका दिनमा उपभोक्ताहरूको जीवनमा सवाल गर्न नहुने स्थानीय बासीहरू बताउँछन्। निकै लामो बहसका बीच व्यवसायी शाहले आफ्नो उज्यालो ब्राणडका उत्पादन खान अयोग्य नभएको दाबी गरेका छन्।

कार्यालय प्रमुख सुवास चन्द्र ओस्तीका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारीलाई पठाइएको पत्रमा उज्यालो ब्राण्डको चामल बिक्रि तथा वितरणका लागि खुला गरिएको जानकारी गराइएको छ। यसअघि, गत चैत ३ गते सञ्चारमाध्यमहरूमा उक्त चामलमा अखाद्य वस्तु भेटिएको दाबी गर्दै समाचार प्रकाशित भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालयले चामलको विक्रि वितरणमा रोक लगाउँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापामार्फत नमूना परीक्षणका लागि विराटनगरस्थित खाद्य प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाको प्रतिवेदनअनुसार चामल सुरक्षित रहेको पुष्टि भएसँगै पुनः विक्रि वितरण खुला गरिएको हो।

व्यवसायीहरूको प्रतिक्रिया : नकरात्मक प्रचारले व्यापार प्रभावित

यस विषयमा मेची उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट प्राप्त प्रमाणपत्र सार्वजनिक गरेको छ। संघका अध्यक्ष खेम प्रसाईको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष विजय डालमियालगायत व्यवसायीहरूले गुणस्तर परीक्षण बिनै सञ्चारमाध्यमहरूमा नकारात्मक समाचार सम्प्रेषण हुँदा व्यवसाय धराशायी हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे।

मेचीनगर-७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले व्यवसायीहरू असहज परिस्थितिमा पनि उद्योग सञ्चालन गरिरहेका बेला सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले सञ्चारमाध्यमहरूलाई सत्य तथ्य जाँच गरी मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे।

संघको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले स्वागत मन्तव्य दिएका थिए भने चामल उत्पादक कम्पनीका सञ्चालक अरुणकुमार शाह, विजय शाह तथा अन्य स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *