झापामा मेलमिलापको आवश्यकता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा, २०८२ वैशाख ५

झापाको भद्रपुरमा मेलमिलाप परिषदको आयोजनामा “मेलमिलापको आवश्यकता र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मेलमिलाप प्रक्रियालाई न्याय प्रणालीसँग समन्वय गर्दै समाजमा दीगो शान्ति र सम्बन्ध पुनःस्थापनाका लागि प्रभावकारी माध्यमको रूपमा अघि बढाउन उद्देश्य राखिएको कार्यक्रममा न्याय क्षेत्र, स्थानीय सरकार, सुरक्षा निकाय, कानुनी व्यवसायी र मेलमिलापकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश तथा मेलमिलाप परिषदका अध्यक्ष कुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा जिल्ला समन्वय समिति संयोजक विश्वनाथ बराल, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, भद्रपुर नगर उपप्रमुख राधा कार्की, परिषद सचिवालय प्रमुख अर्जुन कोईराला, जिल्ला अदालत झापाका न्यायाधीशहरु उमेशप्रसाद लुईटेल, प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नबीनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामी मगर, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख मिलन केसी, झापा बार एकाईका अध्यक्षसहित वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरूको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश रेग्मीले “हाम्रो समस्या, हाम्रो समाधान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै मेलमिलाप प्रक्रियालाई अदालतको मूल धारमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले मेलमिलापमार्फत समाजमा विन-विन (जित-जित) अवस्था सिर्जना भई दीगो सामाजिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो।

अन्य वक्ताहरूले मेलमिलाप प्रक्रिया न्यायिक तथा सामाजिक रुपान्तरणको मूल आधार बन्न सक्ने धारणा राखे। वरिष्ठ अधिवक्ता तथा मेलमिलापकर्ता टंकप्रसाद उप्रेतीले भौतिक पूर्वाधार सम्पन्न मेलमिलाप केन्द्र निर्माण तथा दक्ष जनशक्ति उत्पादनको आवश्यकता औंल्याउनु भयो।

झापा बार एकाईकी सहसचिव तथा महिला समिति संयोजक सानु कार्की बस्नेत “सिता”ले मेलमिलापकर्ताहरूको आचारसंहिता, विशिष्ट पोशाक, र पर्याप्त यातायात सुविधा सुनिश्चित गर्न कार्यविधि निर्माण आवश्यक रहेको सुझाव दिनुभयो।

कार्यक्रमको सञ्चालन परिषदका शाखा अधिकृत रमेश आचार्यले गर्नुभयो भने स्वागत मन्तव्य सचिवालय प्रमुख अर्जुन कोईरालाले दिनुभएको थियो।

झापा जिल्ला अदालतमा सूचीकृत ३५ जना मेलमिलापकर्ता र जिल्लाका विभिन्न पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यसहित ७० जनाको सहभागिता रहेको अन्तरक्रिया झापा बार एकाईको सभाहलमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array