माई र बिर्तामोड नगरपालिकाबीच विकास सहकार्यको सम्भावनामा छलफल र निरीक्षण

राजकुमार ओली

माई, झापा – नेकपा (एमाले) कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको नेतृत्वमा माई नगरपालिकाको कार्यालयमा नगरप्रमुख खम्बासिंह लिम्बुसँग विभिन्न विकाससम्बन्धी विषयमा विशेष छलफल सम्पन्न भएको छ। छलफलपश्चात माई नगरपालिकाका विभिन्न क्षेत्रको अवलोकन तथा निरीक्षणसमेत गरिएको छ।

अवलोकन टोलीमा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाई, एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का अध्यक्ष तथा एमाले उपाध्यक्ष मदन बुढाथोकी, र एमाले मजदुर नेता अमिर लिङ्देनको सक्रिय सहभागिता रहेको थियो।

संयुक्त टोलीले माई नगरपालिकाका सम्भावनायुक्त क्षेत्रहरूको स्थलगत अवलोकन गरी पूर्वाधार विकास, सेवा प्रवाह, कृषि, पर्यटन र उद्योग क्षेत्रको सम्भावनाबारे गम्भीर छलफल गरेको जनाइएको छ। साथै, दुबै नगरपालिका बीच साझा समस्याहरूको पहिचान गर्दै सहकार्यमा समाधान खोज्ने र समन्वयमा गृहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ। बिर्तामोड नगरपालिका र माई नगरपालिकामा आन्तरिक पर्यटनका सम्भावनाका खोजीको लागि पनि गृहकार्य गरिएको मदन बुढाथोकीले बाटिका अनलाइनलाई जानकारी गराउनुभयो।

नगर प्रमुखहरूबीचको यो भेटघाटले स्थानीय तहबीच आपसी समझदारी बलियो बनाउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array