राजकुमार ओली दमक झापा
झापा जिल्ला सहकारी संघको आसन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता एवं मेची सहकारी संस्था दमकका अध्यक्ष नारायण भट्टराई उपाध्यक्ष पदका लागि उम्मेदवार बन्नुभएको छ।
सहकारी, कानुन र नेतृत्वक्षमतामा आफ्नो विशिष्ट पहिचान बनाइसकेका भट्टराईको उम्मेदवारीले सहकारी क्षेत्रभित्र नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ।
कानुनी क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव
नारायण भट्टराई झापा जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्ष हुनुका साथै जिल्लाकै कानुनी क्षेत्रका सम्मानित हस्ती हुन्।
उनले विगत तीन दशकदेखि वकालत गर्दै सामाजिक न्याय, मानव अधिकार र नागरिक हकहितका विषयमा अनगिन्ती मुद्दाहरू लड्दै न्यायिक सुधारमा योगदान पु¥याउँदै आउनुभएको छ।
विवाद समाधान, सहमति निर्माण र समाजमैत्री कानुनी सेवामा उनको भूमिका झापाभर चिनिएको छ। उनले गरिब तथा न्यायबाट वञ्चित वर्गका लागि निःशुल्क कानुनी सेवा उपलब्ध गराउँदै आएका छन्।
सहकारी अभियानमा प्रभावशाली योगदान
मेची सहकारी संस्था लिमिटेड, दमकका अध्यक्षको हैसियतले भट्टराईले सहकारी क्षेत्रलाई केवल वित्तीय कारोबारको केन्द्र होइन, समुदाय सशक्तिकरणको माध्यम बनाउने कार्यमा अग्रसरता देखाउनुभएको छ।
उनको नेतृत्वमा मेची सहकारीले वित्तीय समावेशीकरण, सदस्यहरूको क्षमता अभिवृद्धि, ग्रामीण उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाको पारदर्शिता, सुशासन र नवप्रवर्तनमा उहाँको नाम सम्मानपूर्वक लिइन्छ।
समाजमा भट्टराईप्रति उच्च विश्वास
नारायण भट्टराई समाजमा ईमानदार, निडर र न्यायपरायण व्यक्तित्वको रूपमा चिनिनुहुन्छ। उहाँ सहकारी आन्दोलनलाई राजनीतिकरणबाट टाढा राखी शुद्ध सामाजिक अभियानका रूपमा अघि बढाउने पक्षधर हुनुहुन्छ। विभिन्न सहकारी तथा कानुनी सम्मेलनहरूमा उहाँको उपस्थितिलाई मूल्यवान मानिन्छ।
उनको उम्मेदवारीसँगै धेरैले भन्न थालेका छन् –
“सहकारी संघमा अब व्यावसायिकता र अनुभवका साथ मूल्य आधारित नेतृत्व आउँछ।”
उपाध्यक्ष पदका लागि बलियो उम्मेदवार
झापा जिल्ला सहकारी संघमा उपाध्यक्ष पदको जिम्मेवारी बहुआयामिक नेतृत्व क्षमताको खाँचो भएको बेला भट्टराईजस्तो व्यक्तित्वको उम्मेदवारीलाई सकारात्मक रूपमा लिइएको छ। उनको कार्यदृष्टिकोण, नीतिगत समझदारी र संगठन चलाउने दूरदर्शिताले संघको दीर्घकालीन समृद्धिमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
नारायण भट्टराईको उम्मेदवारी केवल एक व्यक्ति होइन, यो मूल्य, सिद्धान्त र समर्पणको उम्मेदवारी हो। उनको निर्वाचित उपस्थिति झापाको सहकारी आन्दोलनमा गुणात्मक परिवर्तन ल्याउने दिशामा एक सशक्त पाइला बन्न सक्छ।