काठमाडौँमा शिक्षक माथिको धरपकडको विरोधमा कन्काईमा व्यापक प्रदर्शन

राजकुमार ओली।कनकाई, झापा —

काठमाडौँमा शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकमाथि भएको धरपकडप्रति विरोध जनाउँदै झापाको कनकाई नगरपालिकामा आज (मंगलबार) शिक्षकहरूले जोरदार प्रदर्शन गरेका छन्।

नेपाल शिक्षक महासंघ कनकाई नगर समितिको आयोजनामा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका गेट क्षेत्रमा आयोजित विरोध प्रदर्शनमा दर्जनौँ शिक्षकले ब्यानर, प्लेकार्ड र नाराजुलुससहित सहभागिता जनाए। ‘शिक्षक कुट्न पाइँदैन’, ‘विद्यालय शिक्षा ऐन जारी गर’, ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षक एकता जिन्दावाद’, ‘सरकार तेरो पाराले, दुःख पाए साराले’ लगायतका नारासहित र्याली नगरपालिकाको मुख्य गेटसम्म पुगेपछि कोणसभामा परिणत भएको थियो।

कोण सभामा नेपाल शिक्षक महासंघ कनकाई नगर समितिका सह–अध्यक्ष हेमन्त कुमार नेपालसहित कर्णबहादुर डागी, चित्रकला ओली, सारदा पाठक, नरहरि न्यौपानेलगायतले सम्बोधन गर्दै शिक्षकमाथि गरिएको बल प्रयोगको कडा आलोचना गरे। उनीहरूले आन्दोलनरत शिक्षकका जायज माग तत्काल सम्बोधन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे।

सह–अध्यक्ष नेपालले सम्बोधनका क्रममा भने, “शिक्षक शान्तिपूर्ण आन्दोलनमा छन्, तर सरकारले बल प्रयोग गरिरहेको छ। हामी शिक्षा सुधारका लागि ऐन मागिरहेका छौं, दमन होइन।”

कार्यक्रमको सञ्चालन महासंघ कनकाई नगर समितिका सचिव निर्मल कुमार खनालले गर्नुभएको थियो।

प्रदर्शन शान्तिपूर्ण भए पनि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।

आजै झापाका अन्य पालिकाहरूमा समेत समान प्रकृतिका विरोध प्रदर्शनहरू भएका छन्। आन्दोलनरत शिक्षकहरूले लामो समयदेखि शिक्षक सेवा सुरक्षासहित विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array