झापा, मोरङ्ग र सुनसरीका विरामीका लागि दमक अस्पतालमा एकीकृत उपचार कक्ष स्थापना

0
SHARES
4
VIEWS

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक अस्पतालमा उपेक्षित उष्णप्रदेशीय रोगहरुको एकीकृत उपचार कक्षको उद्घाटन गरेका छन् ।

फेयरमेडको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको एकीकृत उपचार कक्षको नगरप्रमुख थापाले उद्घाटन गरेका हुन् । पछिल्लो समय उपेक्षित उष्णप्रदेशीय रोगहरुका कारण बिरामाी बढ्न थालेपछि प्रभावकारी उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उपचार कक्षा सुरु गरिएको जनाइएको छ ।

आफ्नै नगरमा एकीकृत उपचार कक्ष स्थापना गर्न सहयोग पुर्याउनेहरु प्रति आभार व्यक्त गर्दै नगरप्रमुख थापाले नगरपालिकाले यसलाई जस्तोसुकै परिस्थितिमा पनि नियमित रुपमा सन्चालन गर्ने र विरामीलाई नियमित सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेश १ का झापा, मोरङ्ग र सुनसरीमा हात्तीपाइले, कुष्ठरोग, खस्रेरोग, लुतो, रेविज, कालाजार, डेंगु, नाम्लेजुका र जुका लगायत १० प्रकारका रोगहरु बढी देखिने गरेकोले यसको निराकरणका लागि एकीकृत उपचार कक्ष स्थापना गरिएको जनाइएको छ ।

फेयरमेडका टीम लिडर डम्बरसिंह गुरुङ्गले यस्ता रोगका कारण मानिस विरामी हुनुका साथै अङ्गभङ्ग र अपाङ्गसमेत हुने अवस्था बन्ने तथा उपचारमा ठूलो धनराशी खर्च हुने भएकोले यसलाई न्यूनीकरण गर्नका लागि आवश्यक जनशक्ति र उपकरणमा संस्थाले सहयोग गरेको जानकारी दिएका छन् ।

सो कार्यक्रममा दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईले हिजोे मान्यता नदिएका रोगका कारण आज ठूलो समस्या बनेर सताइरहेको प्रष्ट्याइन् । यस्ता रोगलाई न्यूनीकरण गर्न सबै लाग्नुपर्ने आवश्यकता दर्शाउँदै उपप्रमुख भट्टराईले एकीकृत उपचार कक्ष दमक नगरपालिकाको सम्पतिको रुपमा आफूहरुले लिएको अवगत गराइन् ।

एकीकृत उपचार कक्षबाट झापा, मोरङ्ग र सुनसरीका बिरामीले सेवा पाउने जनाइएको छ ।onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार