भारतको केआईआईटी विश्वविद्यालयमा फेरि एक नेपाली छात्राको मृत्यु

 

भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह बिहीबार साँझ होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी छन्।

वीरगञ्जकी १८ वर्षीया प्रिशा बीटेक कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ (सीएसई) पहिलो वर्षमा अध्ययनरत थिइन्। उनी विश्वविद्यालयको ‘क्वी सी ४’ होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

भुवनेश्वर प्रहरीका अनुसार, घटनाको अनुसन्धान सुरु गरिएको छ र मृतकका परिवार नआउन्जेलसम्म पोस्टमार्टम नगर्ने निर्णय गरिएको छ। प्रहरीका अनुसार, प्रिशाको मृत्युको कारण अझै स्पष्ट भएको छैन ।

यसअघि पनि, २०८१ फागुन ५ गते, सोही विश्वविद्यालयको सोही होस्टेलमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेकी थिइन्। उक्त घटनापछि नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए र विश्वविद्यालय प्रशासनले होस्टेल खाली गर्न निर्देशन दिएको थियो।

पुनः यस्ता घटनाहरू दोहोरिनु नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाउँछ। विश्वविद्यालय प्रशासन, प्रहरी र सम्बन्धित निकायहरूले निष्पक्ष र छिटो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नु आवश्यक छ। साथै, नेपाली दूतावास र सरकार पनि घटनाको गम्भीरता बुझी आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array