चितवनबाट चराउन ल्याएको मौरीेले टोकेर कानेपोखरीका भटटको मृत्यु ,स्थानिय आक्रोसित

0
SHARES
44
VIEWS

चितवनबाट चराउन ल्याएको मौरीले टोकेर कानेपोखरी ५ भौसावारीका टिकाराम भटटको मृत्यु भएको छ मोरङ कानेपोखरी गाउँपालिकामा चराउन ल्याएको मौरीले टोकेर पूर्वशिक्षक टिकाराम भटटको मृत्यु भएको छ ।

भौसाबारी चोकका ८४ वर्षीय टीकाराम भट्टको मौरीले टोकेर मङ्गलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । भौसाबारी चोकमा चिया पिउन आएका भट्टलाई मौरीले टोकेपछि सख्त घाइते भएका थिए ।

तत्काल वडा नं। ६ रमाइलो चोकस्थित २४ घण्टे क्लिनिकमा लगिएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको इप्रका पथरीका डिएसपी वेदप्रसाद गौतमले बताए । उनी वडा नं। ४ बयरवन बजारमा रहेको जनता आधारभूत विद्यालयका पूर्वशिक्षक हुन् ।

भट्टसँगै मौरीले टोकेर घाइते भएका भौसाबारी चोकका २५ वर्षीय भुखलाल ऋषिदेव, २० वर्षीय जेनिसा राजवंशी, ६८ वर्षीय झवर यादव र ३९ वर्षीय मानबहादुर सुनुवार भने उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

झापाको शिवशताक्षी–९ का ३८ वर्षीय ओमदेव बस्नेत र ४५ वर्षीय पार्वत अधिकारीले मौरी चरनको लागि घारसहित भौसाबारी चोकमा ल्याएका थिए । उनीहरूले प्रदेश नं।१–०१–००१ च। ७०८६ नम्बरको पिकअप गाडीमा राखेर मौरी चराउन ल्याएका थिए।मृत्यु भएको विषयमा मौरी पालक बस्नेत तथा अधिकारी सँग सम्पर्क गर्दा ज्येष्ठ भटटको मौरीको टोकाइबाट मृत्यु नभएर अन्य कारणले भएको हुन सक्ने बताउनुभएको छ ।
घटना भएसगै स्थानियवासीहरु आक्रोसित भएका छन भने भटटको आज पोष्टमार्टम गरि अन्टेस्ठि गरिएको आफन्तले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार