झापा, वैशाख २५ – नेपाल जेसिसका झापा, मोरङ र इलाम जिल्लाका १६ शाखाले संयुक्त रूपमा आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा सञ्चारकर्मी नेत्रविक्रम बिमली सम्मानित भएका छन्।

झापाको प्रसिद्ध धार्मिक स्थल पाउ पाथिभरा मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा बिमलीलाई परोपकारी कार्यमार्फत समाजमा सकारात्मक सन्देश फैलाएको र जीवनरक्षाको अभियानमा प्रेरणाका स्रोत बनेको भन्दै कदरपत्र प्रदान गरी सम्मान गरिएको हो। बिमली हाल हल्दीबारी डट कम का प्रधान सम्पादक तथा रेडक्रसकर्मीका रूपमा परिचित छन्।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा क्षेत्र नं. १ (क) का माननीय गोपाल तामाङ, नेपाल रेडक्रस सोसाइटी झापा अध्यक्ष लोकराज ढकाल, नेपाल जेसिस २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइराला, तथा कार्यक्रम संयोजक चाराली जेसिस २०२५ का अध्यक्ष जेसी सुजुक सुवेदीलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा बिमलीलाई सम्मान गरिएको हो।

सामाजिक सेवामा निरन्तर सक्रिय बिमलीले हालसम्म ११८ पटक शैक्षिक रक्तदान गरिसकेका छन्। उहाँको योगदानलाई उजागर गर्दै आयोजकले सामाजिक उत्तरदायित्वमा समर्पित व्यक्तित्वलाई सम्मान गरिनु समाजको साझा प्रेरणा हुने विश्वास व्यक्त गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *