न्यायाधीश र अधिवक्ताले गरे झापा अदालत परिसर सरसफाई कार्यक्रम

 राजकुमार ओली २६ वैशाख बिर्तामोड।

७३औं कानुन दिवसको अवसरमा झापा जिल्ला अदालतले अदालत परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा शुभकामना आदानप्रदान पनि गरिएको थियो।

कार्यक्रम जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाशकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा माननीय न्यायाधीशहरू महेन्द्र प्रसाद पोखरेल, तेजबहादुर खड्का, ऋतबहादुर पुलामी मगर, श्रेस्तेदार किरणकुमार सिंह, जिल्ला न्यायाधिवक्ता, बार एशोसिएसनका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू, अन्य अधिवक्ता तथा अदालतका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश अधिकारीले अदालतले छिटो, सरल र सहज न्याय प्रदान गर्न रणनीतिक लक्ष्यका साथ अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले स्वच्छ, सुगम र सर्वसुलभ न्याय प्रणालीको विकासमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कानुनी इतिहासअनुसार नेपालमा वि.सं. २००८ मा जारी प्रधान न्यायालय ऐनले न्यायपालिकाको संस्थागत सुरुवात गरेको मानिन्छ। यही कानुनी ऐनमा लालमोहर लागेको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउने प्रचलन रहँदै आएको छ। यस वर्षको कानुन दिवस ७३औं संस्करण हो, जसले नेपालको स्वतन्त्र न्यायपालिकाको जग बसाल्ने ऐतिहासिक दिनको रुपमा समेत स्मरण गरिन्छ।

अदालत प्रशासनका अनुसार कानुन दिवसको अवसरमा देशभरका तिनै तहका अदालतहरूमा (जिल्ला, उच्च र सर्वोच्च) सार्वजनिक बिदा दिइ विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएको छ। यसै सन्दर्भमा झापा जिल्ला अदालतले यस वर्ष सरसफाइ कार्यक्रममार्फत दिवस मनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array