राजकुमार ओली ,इटहरी, सुनसरी
नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अधिवेशन जेठ १५ गते  गर्ने निर्णय गरिएको छ।

आज सुनसरीको इटहरीमा बसेको ११औं विस्तारित बैठकले महासंघ कोशी प्रदेश कमिटीका अधिवेशन जेठ १५ गते सम्पन्न गर्ने तयारी गरेको हो ।

कोशी प्रदेशका अध्यक्ष अध्यक्ष  राजकुमार थापाको अध्यक्षतामा सम्पन्न बैठकले प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेत समेतको सल्लाहबाट जेठ १५ गते आयोजना गर्ने तयारी गरिएको हो।

बैठकमा प्रमुख वक्ताका रूपमा नेकपा (एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले उपस्थित भई खेलकुद क्षेत्रको संगठनात्मक सुदृढीकरण र राजनीतिक महत्वबारे धारणा व्यक्त गर्नुभएको थियो। बैठकमा महासंघको केन्द्रीय, स्थायी तथा सचिवालय समितिमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने उल्लेखनीय संख्याका कमरेडहरूको सहभागिता थियो।

बैठकले आगामी जेठ १५ र १६ गते कोशी प्रदेशको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेसँगै विभिन्न उप कमिटीहरु बनाएर अधिवेशनलाई सफल पार्नका लागि तयारी समिति गठन गर्दै विविध कार्ययोजना अघि सारिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।

कोशी प्रदेशमा महासंघको सक्रियता बढ्दो
स्थापनाको छोटो अवधिमा नै नेपाल खेलकुद महासंघ कोशी प्रदेशले संगठन विस्तार, खेलाडी परिचय, खेलकुद गतिविधिमा युवा सहभागिता अभिवृद्धि, र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावकारी कार्यहरु अघि बढाएको छ। जिल्ला तहदेखि वडास्तरमा संगठन विस्तारसँगै युवामा अनुशासन, स्वास्थ्य र राष्ट्रप्रेम अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्य राखिएको महासंघले जनाएको छ।

बैठकले संगठनात्मक सुदृढीकरण, नीति निर्माण, कार्यविधि सुधार र अधिवेशनलाई लक्ष्य बनाएर आगामी दिनका कार्यक्रमहरू तय गरेको छ। साथै, खेलकुदलाई राष्ट्र निर्माणसँग जोड्दै राजनीतिक र सामाजिक परिवर्तनको माध्यम बनाउने अठोट बैठकमा पुनः पुष्टि गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *