झापा, २९ वैशाख।
“जब कुनै कुरा मनमा डरको रूपमा बस्छ, हामी डिप्रेशनको शिकार हुन्छौं,” मनोविद सरस्वती मिश्र ओली लेख्छिन्— “डिप्रेशनको मुख्य जरा हो— एउटै कुरा मनमा पटक–पटक दोहोर्याउनु र जे भएको छैन, त्यही हुने डर पालिराख्नु।”

झापा जिल्लामा पछिल्ला दुई वर्षयता आत्महत्या सम्बन्धी तथ्याङ्क चिन्ताजनक छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक, पारिवारिक तनाव, प्रेम विफलता र मानसिक स्वास्थ्य समस्या प्रमुख कारणमा परेका छन्। आर्थिक वर्ष २०७९/८० मा १७८ जनाले आत्महत्या गरेका थिए भने २०८०/८१ सालको वैशाखसम्म १३५ जनाले आत्महत्या गरेकाे नेपाल प्रहरीको तथ्याङ्क छ । अधिकांश युवावर्ग छन्।

मनोविद ओली भन्छिन्, “समस्या जति गहिरो भए पनि समाधान हुन्छ। आत्महत्या समाधान होइन, त्यो क्षणिक निर्णयले दीर्घ पीडा निम्त्याउँछ।”

“आत्महत्या कहिल्यै समाधान होइन। जीवनमा समस्या आउँछ, अझै आउनेछ, तर डराएर होइन, सामना गरेर अघि बढ्नुपर्छ।”

उहाँले मानसिक स्वास्थ्य सुधारका लागि सुझाव दिनुहुन्छ :

झापा जिल्लाका केही स्थानीय तहहरूले पछिल्लो समय विद्यालय र समुदायस्तरमा मानसिक स्वास्थ्यका कार्यक्रम सुरु गरेका छन्। तर अझै पनि पर्याप्त मनोपरामर्श सेवा अभाव छ।

‘आजैदेखि होइन, यही क्षणबाट नयाँ जीवन सुरु गर्नुस्’, मनोविद ओलीको यही सन्देश डिप्रेशन र आत्महत्या न्यूनीकरणको मूल मन्त्र हुन सक्छ।

निष्कर्षमा :
डिप्रेशनको जरा मनको गहिराइमा बस्छ, तर समाधान बाहिरबाट सुरु गर्न सकिन्छ— एक सकारात्मक सोच, सानातिना प्रयास र साँचो मनको संवादबाट।
याद रहोस्— “तपाईं एक्लो हुनुहुन्न, यो संसार तपाईंको साथमा छ।

नोट: लेखिका ओली मेचीनगर नगरपालिकाकी अधिकृत साथै क्लिनिकल साइकोलोजिस्ट (मनोविद) पनि हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *