बिर्तामोड, झापा | जेष्ठ २ गते
सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले झापास्थित पाथीभरा जवान तालिम शिक्षालयको निरीक्षण गर्नुका साथै शिक्षालय परिसरमै निर्माण गरिएको अत्याधुनिक “Weapon Nursery” को उद्घाटन गर्नुभएको छ।

IGP अर्यालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तालिम शिक्षालयको भौतिक संरचना, तालिमको गुणस्तर र पूर्वाधार विस्तारमा देखिएको प्रगति सराहनीय रहेको बताउनुभयो। उनले तालिम प्राप्त गरेका सशस्त्र प्रहरीहरू राष्ट्र सुरक्षाका लागि महत्त्वपूर्ण पूँजी भएको उल्लेख गर्दै झापा जिल्लामा सशस्त्र प्रहरीको भूमिकालाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो।

झापामा सशस्त्र प्रहरीको भूमिका (२०७९/८०–२०८१/८२)

महानिरीक्षक अर्यालले आफ्नो सम्बोधनमा झापा जिल्लामा सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो समय पुर्‍याएका उल्लेखनीय कार्यहरूको विवरण पनि प्रस्तुत गर्नुभयो। तीमध्ये केही मुख्य बुँदाहरू यसप्रकार छन्:

१. सीमा सुरक्षा सुदृढीकरण

२. विपद् व्यवस्थापन र उद्दार

३. आपराधिक गतिविधिमा नियन्त्रण सहयोग

४. जनसहभागिता र सामाजिक पहल

५. तालिम र प्राविधिक क्षमता अभिवृद्धि

नवप्रवर्तनको रुपमा निर्माण गरिएको ‘Weapon Nursery’ मा पुराना, नष्ट हुन लागेका वा अध्ययनका लागि राखिएका विभिन्न श्रेणीका हतियारहरू प्रदर्शनीमा राखिनेछन्। यसले जवानहरूको हतियार सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै ऐतिहासिक हतियार संकलन केन्द्रका रूपमा भूमिका खेल्ने अपेक्षा गरिएको छ

झापा जिल्लाको सुरक्षा अवस्था, सीमावर्ती चुनौती र पूर्वाञ्चलको भूराजनीतिक महत्त्वका सन्दर्भमा सशस्त्र प्रहरी बलको भूमिका झन् सशक्त बनाउनु जरुरी रहेको उहाँले बताउनुभयो। आगामी दिनमा अझै प्रभावकारी र प्रविधियुक्त सुरक्षात्मक संरचना निर्माण गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *