महासचिवमा पर्वत भण्डारीको सम्भावना बलियो, झापाली युवा नेताले गरे संगठनमा सशक्त प्रभाव

 

राजकुमार ओली, दुई जेठ;पोखरा,

राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन यही जेठ ९ देखि ११ गतेसम्म पोखरामा भव्य रूपमा सम्पन्न हुँदैछ।

देशभरिबाट आउने १ हजार ९ सय प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा महासचिव पदका लागि झापाका पर्वत भण्डारीको सम्भावना बलियो देखिएको छ।

हाल महासचिव पदका लागि सात जना आकांक्षी देखिएका छन्। तीमध्ये सचिव निरोज पौडेल, कुबेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारी र उपमहासचिव राजन थापा रहेका छन्।

तर, पछिल्ला घटनाक्रम र संगठनमा देखिएको प्रभावशाली भूमिकाका आधारमा भण्डारीको नाम अग्रपंक्तिमा रहेको युवा नेताहरूको आन्तरिक मूल्याङ्कन देखिन्छ।

झापा जिल्लाबाट संगठनको मूल धारमा उदाएका पर्वत भण्डारीले विगत केही वर्षयता संगठनात्मक कार्यदक्षता, कार्यकर्ताबीच समन्वय, र पार्टीप्रतिको निष्ठा मार्फत छुट्टै पहिचान बनाएका छन्। उनले नेपालमा राजनीतिक रूपान्तरणको संवेदनशील घडीमा युवा संघलाई सशक्त बनाउने अभियानमा अग्रणी भूमिका खेलेका छन्। विशेषतः, संघको संगठन सुदृढीकरण अभियान, नीतिगत स्पष्टता, र कार्यक्रम प्रभावकारितामा देखाएको सक्रियताले महासचिव पदको जिम्मेवारी सम्हाल्न सक्ने क्षमताको प्रमाण दिइसकेको बताइन्छ।

अन्तरजिल्ला तथा प्रदेशस्तरीय संरचनामा पर्वत भण्डारीको समन्वय र सहकार्य शैली प्रशंसनीय रहेको युवा नेताहरूको टिप्पणी छ। यही आधारमा उनीमाथि पार्टी र कार्यकर्ता दुवैको भरोसा बढ्दो छ।

महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनको चर्चा चुलिँदै जाँदा झापा प्रतिनिधिमण्डलसहित अन्य प्रदेशका प्रतिनिधिहरू भण्डारीप्रति आकर्षित हुन थालेका छन्। संगठनभित्रको उनको लोकप्रियता र नेतृत्वदायी क्षमता महासचिव पदका लागि निर्णायक बन्न सक्ने आकलन गरिएको छ।

यसैगरी, अध्यक्ष पदमा क्षितिज थेबे सहित पाँच आकांक्षी देखिएका छन् भने पार्टीले केन्द्रीय नेतृत्वको संरचना संकुचन गर्दै १५१ सदस्यीय बनाउने निर्णयसँगै प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array