हल्दिवारी, झापा — बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईका पिता तथा सामाजिक व्यक्तित्व मोहनप्रसाद भट्टराईको ८२ वर्षको उमेरमा निधन भएको छ।

आइतवार हल्दिवारी–२ स्थित आफ्नै निवासमा उहाँले अन्तिम सास लिनुभएको पारिवारिक स्रोतले जनाएको छ।

केही समयदेखि अस्वस्थ रहनुभएका भट्टराईको निधनले झापा क्षेत्रका सामाजिक अभियन्ता, व्यवसायी र शिक्षासेवीबीच शोकको वातावरण छाएको छ।

पाँचथरको च्याङथापुमा जन्मनुभएका भट्टराई लामो समय देखि हल्दिवारीमा बसोबास गर्दै सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो। उहाँको समाजसेवाप्रतिको लगाव, सौम्य व्यवहार र समर्पणका कारण भट्टराई समुदायमा लोकप्रिय रहनुभएको थियो।

उहाँकी धर्मपत्नी जानुका भट्टराई, तीन छोरा, तीन बुहारी र सात छोरीहरू छन्।
छोरा–बुहारीहरूमा कुमार–सीता, मोहन–टिका, धनपति–रमा भट्टराई रहेका छन्।
सात छोरीहरूमा गोमा कँडेल, प्रेमकुमारी कँडेल, लक्ष्मी खनाल, निर्मला पठक, सीता शिवाकोटी, सपना शर्मा र अम्बिका शिवाकोटी रहेका छन्।

स्व. भट्टराईको परिवार झापाको शैक्षिक क्षेत्रसँग पनि प्रत्यक्ष रूपमा जोडिनुभएको थियो। उहाँ क्यानरी विद्यालयकी संस्थापक तथा प्रिन्सिपल श्रीमती टिकादेवी चुडालका ससुरा हुनुहुन्छ।

उहाँको पार्थिव शरीरमा सोमबार बिहान अन्तिम श्रद्धाञ्जली अर्पण गरी कन्काई माईमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।

सामाजिक, शैक्षिक र मानवसेवामा समर्पित जीवन व्यतीत गर्नुभएका भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय अगुवाहरूले उहाँको योगदान कहिल्यै नबिर्सिने बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *