बैंकको चर्को ब्याजदरविरूद्ध उद्योगी व्यवयासीले गरे आन्दोलन घोषणा

0
SHARES
45
VIEWS

बैंकको चर्को ब्याजदरविरूद्ध विराटनगरका उद्योगी व्यवयासीले आन्दोलन घोषणा गरेका छन् । ब्याजदरका कारण उद्योग व्यावसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगी व्यावसायीले बिहीबारबाट आन्दोलन घोषणा गरेका हुन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि यहाँका उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिने बताए ।

उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् ।

उद्योगी व्यवसायीहरुका तीन दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि उद्योग र पसलहरू बन्द गरेर राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । ‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं’, अध्यक्ष रिजालले भने, ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं ।’

उनीहरूले पाँच सुत्रीय माग अघि सारेका छन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरुको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ ।

एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको भनाइ छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरुको छ ।

‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो । हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’

बिहीबारदेखि सुरू हुने आन्दोलन देशव्यापी बनाएर अगाडी बढने उनले बताए । उद्योगी व्यवसायीहरूको माग सुनवाइ नभएपछि सडक सर्घषको आन्दोलनले निरन्तरा पाउने उनले बताए ।
उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले राज्यले उद्योगी व्यवसायीहरूको मागलाई बेवास्था गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार