राजकुमार ओली, १३ जेठ: बिर्तामोड, 

पूर्वी नेपालको झापा बिर्तामोडस्थित मेची आँखा अस्पतालले सन् २०५५ सालदेखि निरन्तर रूपमा दृष्टि गुमाएका वा आँखासम्बन्धी समस्या भोगिरहेका बिरामीहरूका लागि जीवनको उज्यालो फर्काउने थलो बनेको छ।

अस्पतालले पूर्व नेपालदेखि आसाम मणिपुर बर्नासम्मका  साथै भारतको सीमावर्ती क्षेत्रका बिरामीहरूलाई समेत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

अस्पतालका अध्यक्ष जल कुमार गुरुङ भन्नुहुन्छ
“दृष्टि गुमाएका मानिसको पीडा शब्दमा वर्णन गर्न सकिँदैन। हाम्रो अस्पतालले मोतियाबिन्दुदेखि लिएर दृष्टि गुमाउने अन्य रोगको निःशुल्क र सुलभ उपचारको व्यवस्था गरेको छ। हामीले आधुनिक उपकरण, दक्ष चिकित्सक, र निःशुल्क स्वास्थ्य शिविरमार्फत बिरामीहरूको जीवनमा आशाको उज्यालो ल्याएका छौं।”

मेची आँखा अस्पतालले बिरामीहरूलाई सहज र गुणस्तरीय सेवा दिन निम्न कदमहरू चालिरहेको छ :

निःशुल्क स्वास्थ्य शिविर : ग्रामिण भेगसम्म पुगेर दृष्टि परीक्षण र मोतियाबिन्दुको पहिचान तथा शल्यक्रिया।मोतियाबिन्दु शल्यक्रिया : सुरक्षित र छिटो उपचार पद्धति अपनाइएको छ।,रेटिना र बालबालिकाको नेत्र उपचार : विशेष विशेषज्ञ र प्रविधिद्वारा सेवा,नेत्रदान प्रोत्साहन कार्यक्रम : मृत्युपश्चात् दृष्टि गुमाएका मानिसका लागि उज्यालोको आशा,आपतकालीन नेत्र सेवा : आकस्मिक अवस्थामा समेत तुरुन्त उपचार उपलब्ध गराउने जस्ता लक्ष्यहरूलाई सार्थक बनाउँदै अस्पतालले आफ्नो भविष्य फराकिलो बनाएको छ।

आसामबाट आएका कुमार क्षेत्री भन्छन् :
“मलाई मोतियाबिन्दु भएपछि दृष्टि नै हराएको थियो। मेची आँखा अस्पतालमा आएर शल्यक्रिया गरेपछि म फेरि उज्यालो देख्न थालेको छु। यो अस्पताल हामीजस्ता बिरामीहरूका लागि भगवान जस्तै बनेको छ।”

मेची आँखा अस्पताल केवल आँखा उपचार केन्द्र नभई पूर्वाञ्चलका हजारौं बिरामीहरूका लागि आँखाका लागि सहारा बनेको छ। अध्यक्ष जलकुमार गुरुङको नेतृत्वमा अस्पतालले सामाजिक उत्तरदायित्वसँगै दृष्टि गुमाएका मानिसहरूका लागि उज्यालो जीवन फर्काउने मिसन जारी राखेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *