कमल थापामाथि प्रहरीको व्यवहारप्रति मोहन काजीको टिप्पणी : “लोकतन्त्रमा सबै नागरिकको अधिकार समान हुनुपर्छ”

 

काठमाडौं, जेठ १९– लोकतन्त्रमा सबै नागरिकको अधिकार समान हुनुपर्छ भन्ने धारणा व्यक्त गर्दै मोहन काजीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले काठमाडौंमा निषेधाज्ञा तोडेको भन्दै लछारपछार पारेर घिस्याएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।

“पक्राउ गर्नु प्रहरीको कानुनी दायित्व हुन सक्छ तर त्यसको शैली अपमानजनक हुनुहुँदैन,” काजीले भने। उनले गणतन्त्रवादी र राजावादीबीच अलग व्यवहार गर्नु लोकतन्त्रको मर्म विपरित भएको तर्क गरे।

मोहन काजीले स्मरण गराए कि पञ्चायतकालका अन्तिम दिनहरुमा कमल थापा गृहमन्त्री हुँदा उनले दिएको आदेश र देखाएको व्यवहार क्रुर र अलोकतान्त्रिक थियो। “त्यसबेला उहाँको तानाशाही शैली अक्षम्य थियो,” उनले भने, “तर अहिले उहाँमाथि सडकमा देखाइएको व्यवहार त्यसबेलाको क्रूरता सम्झेर ठिक भन्नु पूर्वाग्रह हो र प्रतिशोधको भावना हो।”

उनको भनाइमा, लोकतन्त्र भनेको संविधानमा लेखिएका अक्षर मात्र होइन, नागरिकले अनुभूत गर्ने व्यवहार हो। “आज लोकतन्त्र छ भने, राजावादीहरुले पनि बोल्न र जुलुस निकाल्न पाउने अधिकार छ,” काजीले बताए।

उनले लोकतन्त्रमा राज्यले गर्ने व्यवहार सबै नागरिकप्रति समान हुनुपर्ने कुरामा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array