पुसमसान्त भित्र ब्याज नबुझाए चक्रवृद्धि ब्याज लगाउने चेतावनी

0
SHARES
22
VIEWS

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ऋणीलाई फोन तथा एसएमएस मार्फत पुसभित्र ब्याज चुक्ता गर्न अपिल गरेका छन् । यदि पुसमसान्त भित्र ब्याज नबुझाए चक्रवृद्धि ब्याज लगाउने चेतावनी दिन थालेका छन् ।

बिमा कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले एसएमएस मार्फत पुस मसान्त भित्र ब्याज चुक्ता गर्न ऋणीहरुलाई अनुरोध गर्यो । उसले पुस मसान्त भित्र ब्याज नबुझाउनेलाई चक्रबृद्धि ब्याज लगाउने चेतावनी दिएको छ ।

‘एलआईसी (नेपाल) बाट कर्जा लिनु भएका बिमित वर्गहरुले पौष महिना भित्रमा ब्याज चुक्ता गरि चक्रबृद्धि ब्याज लाग्नबाट जोगिनुहोस’ भन्दै ऋणीलाई एसएमएस मार्फत ब्याज बुझाउन अपिल गरेको छ । पुसमसान्तमा ब्याज नबुझाए त्यो ब्याजलाई साँवामा गाभेर पुनः ब्याज लिनुलाई चक्रबृद्धि ब्याज भनिन्छ ।
एलआईसीले मात्र होइन्, अन्य बिमा कम्पनी तथा बैंक तथा वित्तीय संस्थाले पनि यस्तै किसिमले ब्याज बुझाउन अपिल गर्दै आएका छन् । यता पुसमसान्तको चेपुवामा शेयर लगानीकर्ता पनि परेका छन् । यति बेला ब्याज भुक्तानीको दबाबमा शेयर लगानीकर्ता परेका छन् । शेयर धितो राखेर बैंक÷वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न लगानीकर्तामाथि दबाब परेको हो ।

वित्तीय संस्थाले पुस मसान्तभित्र ब्याज तिर्न दबाब दिन थालेपछि लगानीकर्ताहरुले शेयर बिक्री गर्न थालेका हुन् । जसका कारण शेयर थोरै अंकले ओरालो लाग्न सक्ने सम्भावना देखिएको छ । बुधबार सामान्य अंकले नेप्से ओरालो लाग्नुलाई पनि यही कारणको रुपमा लिइएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने समय नजिक आउन थालेकाले पनि बैंक तथा वित्तीय संस्थाहरु पुरानो साँवा र ब्याज उठाउन जोड दिन थालेका हुन् । त्यसअघि नै ब्याज भुक्तानी गर्नुपर्ने बाध्यता शेयर लगानीकर्तालाई छ ।

पुस मध्यतिर शेयर बिक्रीको चाप बढ्ने र शेयर मूल्य पनि घट्न सक्ने भएकाले लगानीकर्ताहरु त्योभन्दा पहिले नै शेयर बिक्री गरेर ब्याज बुझाउने तयारीमा लागेका छन् । उनीहरु मानसिक रुपमा पुस मसान्तकोे प्रभाव पर्नुअघि नै शेयर बिक्रीको तयारीमा देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का एक कर्मचारीले बताए । ‘बैंक÷वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ताहरु शेयर खरिद गर्नेतिरभन्दा बिक्री गर्नेतिर लागेका छन्,’ उनले भने, ‘बैंकले ब्याज भुक्तानी गर्न दबाब दिएका कारण पनि शेयर बजारमा गिरावट आएको छ ।’

लगानीकर्तालाई पुस मसान्तको प्रभाव आगामी साता अझै बढी पर्ने एक ब्रोकरले बताए । ‘लगानीकर्ताहरु पुस मसान्तको प्रभाव पर्नुअघि नै सजग भएको देखिन्छ,’ उनले भने ।

नेप्से ओरालो लाग्नुको एउटा कारणमा पुस मसान्तको प्रभावलाई लिने गरिन्छ । नेप्से परिसूचक बुधबार ५.८९ अंकले घटेका कारण पनि लगानीकर्ता ब्याजको दबाबमा परेको संकेत मिल्छ । नेप्से बुधबार १८६७.२२ अंकमा आइपुगेको छ ।

बैंक÷वित्तीय संस्थाहरुले १४–१५ प्रतिशत ब्याजदरमा शेयर धितो राखी लगानीकर्तालाई ऋण दिएका छन् । सुरक्षित लगानी भएको भन्दै उनीहरुले शेयर धितोमा ऋण लगानी गरेका छन् ।

शेयर बजारमा गिरावट आउनुमा ब्याज भुक्तानीको कारणमात्र नभएको एक शेयर विश्लेषकले बताए । आर्थिक परिसूचकहरु सकारात्मक रहेकाले बजार घट्ने सम्भावना कम रहेको उनको भनाइ छ । ‘प्रतिफल, वातावरणलगायत लगानीका लागि चाहिने सबै परिसूचक सकारात्मक भएकाले बजार घट्नुपर्ने कारण छैन,’ उनी भन्छन्, ‘अन्य देशका शेयर बजार उकालो लागिरहँदा नेपालको घटनुपर्ने अवस्था छैन ।’ विकासका सम्भावना बढेका पनि शेयर उकालो लाग्ने दाबी उनको छ ।

लगानीकर्ताहरु भने नेप्से परिसूचक घट्नुको कारण नभएको बताउँछन् । केही कम्पनीले साधारणसभा सकेको र उनीहरुले उपलब्ध गराउने लाभांश पनि वितरण गरिसकेकाले थप प्रतिफल पाउन १ वर्ष पर्खनुपर्ने अवस्था छ । यसले पनि शेयर बजारलाई केही हदसम्म प्रभाव पारेको बताइन्छ ।
छोटो समयका लागि खरिद गर्ने लगानीकर्ताले शेयर बिक्री गरिरहेको र दीर्घकालीन लगानीकर्ताले बजार घट्नुलाई अवसरको रुपमा लिएर शेयर खरिद गरिरहेको ब्रोकरहरुको भनाइ छ ।

बैंक÷वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्ने धेरै भएकाले ब्याज तिर्नका लागि शेयर बिक्री गर्दा बजार घटेको विश्लेषकहरु बताउँछन् । संस्थागत लगानीकर्ताको प्रभाव नभएसम्म यस्तो समस्या देखिइरहने उनीहरुको भनाइ छ ।

आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय वितरणमा अधिकांश कम्पनीले नाफा वृद्धि भएको र दोस्रो त्रैमासमा पनि कम्पनीहरुको वित्तीय विवरण राम्रो आउने सम्भावना भएकाले बजार धेरै नघट्ने विश्लेषक बताउँछन् ।onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार