समाजसेवी रङ्गलाल ओलीको निधन

बिर्तामोड, झापा —
साविक आठराइ छातेढुङ्गा, हाल झापा बिर्तामोड–२ चारपाने निवासी त्रिलोचन ओलीका कान्छा सुपुत्र रङ्गलाल ओलीको २०८२ साल जेठ २५ गते बिहान ६:१० बजे असामयिक निधन भएको छ।
स्व. ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि निजको निवासमा राखिएको छ भने आजै २५ गते दिनको १२:०० बजे निजि निवासबाट शवयात्रा हुने ओली वंश समन्वय केन्द्रीय समितिका महासचिव मोहन ओलीले जानकारी दिनुभएको छ ।

स्व. रङ्गलाल ओली सामाजिक सेवामा सक्रिय व्यक्तित्व थिए। उनी विभिन्न स्थानीय अभियान, सहयोग कार्यक्रम, समाजमा सकारात्मक सन्देश फैलाउने कार्यमा अग्रसर थिए। चारपाने क्षेत्रमा उनले वृद्धवृद्धा सहयोग, बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि, र विपन्न वर्गका लागि राहत वितरणजस्ता कामहरूमा संलग्न भएर उदाहरणीय योगदान दिएका थिए।

ओली सामाजिक सद्भाव, सहिष्णुता र समुदायबीचको समन्वयको पक्षधर थिए। उनका विचार, व्यवहार र समाजप्रतिको समर्पणले गर्दा उनी समुदायमा ‘सादा जीवन, उच्च सोच’का प्रतीक मानिन्थे।

उनको असामयिक निधनले परिवार मात्र होइन, सम्पूर्ण समाजलाई अपूरणीय क्षति पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array