राजकुमार ओली, २ साउन : पूर्व खबर

झापा जिल्लाको बिर्तामोड नगरपालिकाबाट हालसम्मकै ठूलो परिमाणको लागू औषध बरामद गरिएको छ । औषधि व्यवसायी भानुभक्त खरेलको स्वामित्वमा रहेको भनिएको लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने खरेल फरार छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको घरमा भाडामा लिइएको दुई वटा कोठाबाट प्रतिबन्धित लागू औषध बरामद गरेको हो ।

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी लागू औषधसहित पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो । पक्राउ परेका व्यक्ति अर्जुनधारा नगरपालिका–६, दासपुल निवासी २५ वर्षीय बिनोद घिमिरे रहेको प्रहरीले जनाएको छ । उनी फरार रहेका भानुभक्त खरेलको ‘सनलाइट फार्मा’मा काम गर्दै आएका थिए ।

घिमिरेको प्रयोगमा रहेको मोटरसाइकल (प्र.नं. १–०१–०१३ प ८९०४) समेत प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार लामो समयदेखि संग्रौलाको घर भाडामा लिएर दुई वटा कोठामा अवैध रूपमा लागू औषध भण्डारण हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीका अनुसार बरामद गरिएका लागू औषधको विवरण यसप्रकार छः

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले पक्राउ, अनुसन्धान र बरामद भएको सामग्रीबारे जानकारी गराएका थिए ।

प्रहरीले फरार रहेका खरेलको खोजी तीव्र पारेको जनाएको छ । सो घटनालाई लिएर लागू औषध कारोबारमा संगठित संलग्नताको आशङ्का गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *