स्थानीय पालिकामा जग्गा बर्गीकरण जती छिटो भयो, त्यहीँ अनुसार किताकाँट हुनेछ …नापी कार्यालय प्रमुख महर्जन

0
SHARES
84
VIEWS

नापी कार्यालय भद्रपुर झापाले ५ महिनाको अवधिमा २१ लाख ६६ हजार ४६७ रुपैयाँ २३ पैसा राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको साउनदेखि मंसिर मसान्तसम्म नापी कार्यालयले सो राजश्व संकलन गरेको नापी कार्यालय भद्रपुर झापाका प्रमुख दुर्गादास महर्जनले जानकारी दिए ।

प्रमुख महर्जनका अनुसार नक्सा बिक्रीबाट १७ लाख ६६ हजार ६५० रुपैयाँ र रेखाङ्कनबाट ३ लाख ८६ हजार १२० रुपैयाँ गरी ५ महिनाको अवधिमा जम्मा २१ लाख ६६ हजार ४६७ रुपैयाँ २३ पैसा राजश्व संकलन भएको हो ।

’जग्गा बर्गीकरण नभई आएको अवस्थामा कित्ताकाँट नगर्ने मन्त्रालयको परिपत्र अनुसार रोकिएको छ’ प्रमुख महर्जनले भने ‘स्थानीय पालिकामा जग्गा बर्गीकरण जती छिटो भयो, त्यहीँ अनुसार किताकाँट हुनेछ ।’

हाल साविक फाइलहरु, रेखाङ्कनको कार्य र नक्सा सुधारका कार्य भइरहेको महर्जनले जानकारी दिए । उनले आफु भद्रपुर कार्यालयमा आएपछि नियम कानुन पालना गर्दै सहज र सरल तरिकाले सेवा दिइरहेको बताए ।

महर्जनले सफ्टवेयरमा नेटवर्कको सर्भरको कारणले पुरानो नक्सा स्क्यान गर्दा कित्ता नम्बर फरक पर्ने भएको बताउँदै त्यसलाई सुधार गर्ने कार्य भइरहेको जानकारी दिए । sabdapatrabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार