ओलाी दाहाल सहकार्य पछि कस्ले जित्यो ? कस्ले हार्याे ?

0
SHARES
44
VIEWS

गणेश बस्नेत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी ओलीबिरोधी गठबन्धनबाट छोडेर केपी ओलीकै प्रस्तावमा तेस्रोपटक प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । तात्कालिन नेकपाका पहिलो बरियताका अध्यक्ष एवं प्रधानमन्त्री रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिगमन’ विरूद्ध बनेको गठबन्धन भत्काएर दाहालले ओलीकै समर्थनमा प्रधानमन्त्री बनेपछि भन्नुभएको छ, केही गरौं भन्नेहरुको टीम बनेको छ, ‘जनताले परिणामको अनुभुति गर्नेछन ।’

केपी ओलीबिरोधी गठबन्धन बनाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता मान्नुभएका दाहाल त्यसबाट बाहिरिएर फेरि ओलीलाई नै नेता मान्न आइपुग्नु भएपछि मुलुकको राजनीतिमा नयाँ तरंग छाएको छ । कस्ले जित्यो, कस्ले हार्यो भन्न बहश पनि छाएको छ जताततै । लुजरको रुपमा देखिनुभएका शेरबहादुर देउवाको भन्दा अहिले प्रधानमन्त्री बन्नुभएका दाहालले जित्नुभयो कि एमाले अध्यक्ष ओलीले ? भन्ने प्रश्न जो कोहीको मनमा उब्जिएको छ ।

तीन स्वतन्त्रसहित ७ दलको समर्थन पाएपछि प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियु्क्त भई शपथग्रहणसँगै पदभार ग्रहण गरिसक्नु भएको छ । प्रचण्ड दलबलसहित बालुवाटार प्रवेश गर्दैगर्दा उहाँले प्रधानमन्त्री बनेर जिते कि हारे ? धेरैको मनमा प्रश्न छ । किनकि प्रचण्डकै जोडबलमा एमालेबाट छुट्टिनु भएका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समावादी पार्टी प्रचण्डलाई धोकेवाज भन्दै चिढिएको छ । प्रचण्डका लिभिङ टुगेदर जस्तै बनेका माधव नेपालले त उहाँलाई बदमासको बादशाहकै उपमा भिराउनु भएको छ ।

सत्ताका लागि पार्टी बिभाजन जस्तो अक्षम्य अपराधका कारण एमाले नेतृत्व माधवको पार्टीलाई सरकारमा सहभागी नगराउने निर्णयमा थियो । माधव पनि जस्तोसुकै अपमान गरे पनि देउवातिरै टाँसिनुपर्छ भन्ने अडानमा हुनुहुथ्यो । सोही कारण प्रचण्ड माधवसँग सल्लाह नै नगरी आइतबार बालकोट पुगेर केपी ओलीकै प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो । सत्ता साझेदार प्रधानमन्त्रीका लागि दावा पेश गर्ने अन्तिम समयमा भइरहेको बालकोटको बैठकमा राप्रपाले प्रचण्डलाई होइन केपी ओली नै प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दा ओलीले नै अहिले म होइन, प्रचण्ड भनेर सहमत गराउनु भएको थियो ।

एमालेबिरुद्ध महागठबन्धन गरेर चुनावमा होमिएको कांग्रेस नेतृत्वको गठबन्धनले चुनावपछि पनि पुरानै गठबन्धनलाई निरन्तरता दिने वाचा कवोल गरेको थियो । प्रचण्डले पनि पटक पटक यो बाचा गर्नुभएको छ । नेकपाकालिन समयमा माधव नेपालको उक्साहटमा लागेर आफ्नै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलहत्याउने अभियान चाल्दा राजनीतिक बचाउका लागि संसद विघटन गर्दा प्रचण्डले नै प्रतिगमनविरुद्ध संविधानको रक्षार्थ पाँच दलीय गठबन्धन भन्दै देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्नुभएको थियो ।

नेकपा बिभाजनका लागि तयार गरिएको यो आरोपपत्र हो भन्ने भेउ प्रचण्ड पाउनै सक्नुभएन । सचिवालय बैठकमा आफैले बाचन गर्नुभयो । तर ओलीले प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अठोट गराउनु भयो । यो कामसँगै ओली अहंकारी, दम्भी, घमण्डी र पदका लागि जे पनि गर्ने भन्ने अभियोग खारेज भएको छ

संबिधानको रक्षाको नारा दिएर सर्वाेच्च अदालतमा समेत सेटिङ मिलाएर परमादेशबाट जनादेशको सरकार बिस्थापित गराउने एउटा खेलाडी पनि प्रचण्ड नै हुनुहुन्थ्यो । तर निर्वाचनपछि आफैं प्रधानमन्त्री बन्न प्रचण्ड सफल हुनुभयो । प्रचण्ड केपी आलीबिरोधी गठबन्धनबाट धोका भयो भन्दै बालकोट आएर केपी ओलीकै प्रस्तावमा प्रधानमन्त्री बनेसँगै मुलुकको कार्यकारी प्रमुखका रुपमा आफूलाई पुनः स्थापित गर्न सफल हुनुभएको छ भने लाज छोप्न प्रयोग गरिएको ‘प्रतिगमन’रुपी टालो देउवा र माधव नेपालतिरै फालिदिएर ओली नै हिरो हुन भन्ने तथ्यलाई स्थापित गर्नुभएको छ । अर्थात तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा यसअघि केपी ओलीमाथि लगाइएको सवै आरोप निराधार हुन भन्ने तथ्य स्थापित भएको छ ।

दोस्रो पटक प्रधानमन्त्रीका रुपमा ओली सिंहदरवार छिरेपछि एमाले र माओवादीबीच एकता भई नेकपा बन्यो । नेकपामा पहिलो बरियताका अध्यक्ष ओली र दोस्रो बरियताका अध्यक्ष प्रचण्ड हुनुभयो । तर प्रचण्ड सुरुदेखि नै माधव नेपाल र बामदेव गौतमले तय गरेको मार्गमा हिडेर ओलीलाई कसरी बिस्थापित गर्ने भन्ने चक्रब्यूँह रच्नमै रमाउनु भयो । नेकपा छँदासम्म ओली र प्रचण्ड मिलिमिलि खाने, मेरो चाँहि के हुने ? भन्दै माधवले भत्काउन न्वारानदेखिको बल लगाउनु भयो । माधवले हालेको चिनीको चास्नीमा रमाउँदा नेकपा दुर्घटनामा पर्यो । त्यत्ति मात्रै भएन, भारतको योजनामा ओलीलाई अदालत प्रयोग गरेर सत्ताच्यूत गरियो । तर दुई बर्ष नपुग्दै ओलीले आफूमाथि आरोप लगाउने र डिजाइन गर्नेहरुलाई जस्ताको तस्तै जवाफ फर्काउनु भएको छ भने आफूमाथि लगाइएको आरोप पनि आरोप लगाउनेहरुबाटै खारेज गराउन सफल हुनुभएको छ ।

प्रधानमन्त्रीका रुपमा इमान्दारिपुर्वक काम गरिरहँदा पार्टीभित्रको घेरावन्दीसँगै ओलीमाथि आरोप थियो, ‘ओली महा अहंकारी हुन, घमण्डी हुन, दम्भी छन ।’ यो आरोप स्वयं प्रचण्डले लगाउनु भएको हो । उहाँले नै बामदेव गौतम नेतृत्वको नेकपा बिभाजनकारी टीमले लेखेको १९ पृष्ठ लामो अभियोग ओलीमाथि लगाउनु भयो । नेकपा बिभाजनका लागि तयार गरिएको यो आरोपपत्र हो भन्ने भेउ प्रचण्ड पाउनै सक्नुभएन । सचिवालय बैठकमा आफैले बाचन गर्नुभयो । तर ओलीले प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अठोट गराउनु भयो । यो कामसँगै ओली अहंकारी, दम्भी, घमण्डी र पदका लागि जे पनि गर्ने भन्ने अभियोग खारेज भएको छ । प्रचण्ड माधव नेपालहरुले लगाएको यी गलत आरोप र फैलाइएको अफवाह सत्य हुँदो हो त आफैलाई बालुवाटारबाट बालकोट पठाउने भूमिकाका रहनुभएका प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुहुने थिएन ।

अर्काे भाष्य निर्माण गरियो, ‘ओली प्रतिगमनकारी हुन । संबिधानको रक्षार्थ कांग्रेसको नेतृत्वमा जान बाध्य भयौं ।’ तर अहिले गठबन्धनको नेतृत्वकर्ता आफै भए पनि प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर एमाले अध्यक्ष ओलीले आफू र आफ्नो दल प्रतिगमनकारी होइन, यसअघिको सत्ता गठबन्धन चाँहि प्रतिगमनकारी हो भन्ने सत्य उजागरसहित तथ्यले प्रमाणित गरिदिनु भयो । हुन पनि सर्वाेच्च अदालत आफैले परमादेशबाट प्रधानमन्त्री तोक्ने काम एक किसिमको ‘कू’ नै थियो । तर भनियो, ‘ओली प्रतिगमनकारी ।’ अहिले स्वयं प्रचण्ड नै त्यो कुरा हिजोको राजनीतिक घटना भन्ने निश्कर्षमा पुगेपछि थप बोलिरहनु परेन । त्यसकारण ओलीले एकै अश्त्रमा आफू र एमालेबिरुद्ध लगाइएका आरोप र फैलाइएका अफवाहलाई सदासदाका लागि समाप्त पारिदिनु भयो ।

बालुवाटारबाट बालकोट फर्केपछि ओलीले भन्नुभएको थियो, ‘परमादेशलाई जनादेशबाट बिस्थापित गरिन्छ ।’ परमादेशबाट देउवा प्रधानमन्त्री बन्नुभएको हो । जनादेशलगत्तै देउवालाई सत्ताच्यूत गरी प्रचण्डलाई प्रधानमन्त्री बनाएर ओलीले आफ्नो त्यो मिशन पनि पूरा गर्नुभएको छ । प्रचण्ड पद पाएर दंग पर्नुभयो तर ओलीले पद छाडेर नेपाली राजनीतिमा दुरदर्सी नेताको छवी कायमै राख्नुभयो ।
बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइयो भन्ने प्रचण्डलाई ओलीले प्रधानमन्त्रीका लागि दावी पेश गर्न शितलनिवास जाने बेला त्यही बार्दलीबाट आफूसँगै बालुवाटारबाट बालकोट फर्किएर गरेको अभिवादनकै शैलीमा आफूसँगै उभ्याउनु भयो । त्यस्को सोझो जवाफ थियो, ‘बालकोटको बार्दली कमजोर थिएन, छैन र कहिल्यै कमजोर हुन्न ।’

अर्काे भाष्य निर्माण गरियो, ‘ओली प्रतिगमनकारी हुन । संबिधानको रक्षार्थ कांग्रेसको नेतृत्वमा जान बाध्य भयौं ।’ तर अहिले गठबन्धनको नेतृत्वकर्ता आफै भए पनि प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर एमाले अध्यक्ष ओलीले आफू र आफ्नो दल प्रतिगमनकारी होइन, यसअघिको सत्ता गठबन्धन चाँहि प्रतिगमनकारी हो भन्ने सत्य उजागरसहित तथ्यले प्रमाणित गरिदिनु भयो । हुन पनि सर्वाेच्च अदालत आफैले परमादेशबाट प्रधानमन्त्री तोक्ने काम एक किसिमको ‘कू’ नै थियो । तर भनियो, ‘ओली प्रतिगमनकारी ।’ अहिले स्वयं प्रचण्ड नै त्यो कुरा हिजोको राजनीतिक घटना भन्ने निश्कर्षमा पुगेपछि थप बोलिरहनु परेन

ओलीले प्रचण्डलाई सहज रुपमा स्वीकार गरेर राजनीतिमा इगो फ्याक्टरको काम छैन । देश र का लागि जे उपयुक्त छ, त्यही काम गर्नुपर्छ भन्ने आफ्नो अडानलाई स्थापित गर्नुभयो । मानिस पदले होइन, इमानले उचो हुन्छ भन्ने कुरा पनि यही मिसनमा स्थापित गर्नुभयो । ओलीले परमादेशबाट बनेको गठबन्धनलाई तोडेर सत्ताका लागि पार्टी फुटाउने माधव नेपाललाई पनि सत्ताच्यूत गरिदिएर अव कोही कसैले पनि मन्त्री खान पार्टी फुटाउने हर्कत नगरोस भन्ने आत्मबोध गराइ दिनुभएको छ ।

प्रचण्ड र माधव मात्र होइन, ओलीले देउवासँग पनि हिसाव किताव मिलान गर्नुभएको छ । चुनावमा जाने सहमतिबिपरित परमादेशतिर लागेर धोका दिनुभएका देउवालाई ओलीले जस्ताको तस्तै जवाफ दिनुभएको छ । जसरी परमादेशको झडका ओलीलाई लागेको थियो ठीक त्यसैगरी जनादेशको झडका दिएर देउवालाई उपहार दिनुभयो । ओलीको नीति नै छ–गुण र दोषको ब्याजसहित फिर्ता गर्ने ।’ देउवाले बेइमानी गर्नुभएको थियो, धोका दिनुभएको थियो पदका लागि । ओलीले पद छाडेर देउवाको बेइमानी र धोकाधडीको खेललाई ब्याजसहित फिर्ता गर्नुभयो ।

यी सवै परिदृष्य र पुराना राजनीतिक हस्ती र भाष्य निर्माणमा माहिर नेताहरुलाई तथ्यका आधारमा सत्य स्थापित गरेर जनताको बीचमा असली हनुहार देखाउँदै गर्दा ओलीले नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेहरुलाई पनि परीक्षणमा सामेल गराइ दिनुभयो । उप र गृहमन्त्रीकै लागि धम्की दिन बाध्य पारेर ओलीले रवि लामिछानेहरु मुलुक बनाउने होइन, सान, सौकत र हाहाहुहुमा रमाउने दस्ताका रुपमा जनताको आँखाको पट्टी उघारि दिनुभएको छ ।

काम गर्नेले बिकासे मन्त्रालय रोज्छ, काम नगर्ने तर म ठूलो हुँ भन्ने अनि आफ्नो सान सौकत खोज्नेले गृह रोज्छ भन्ने नेपाली राजनीतिमा स्थापित मान्यता नै हो । गृहको मामिलामा बामदेव गौतमदेखि रवि लामिछानेसम्म एउटै बाटो रोजे । जनताले असलियत थाह पाए । परिवर्तित राजनीतिक घटनाक्रममा देखिएका यी सवै तथ्यहरु हुन । यस तथ्यका आधारमा अव भन्नोस कस्ले जित्यो ? कस्ले हार्यो ? को सही ? को गलत ?janatatimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार